प्रिमनसुनको प्रभावले मौसममा आंशिक बदली, छिटफुट वर्षा हुने सम्भावना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रिमनसुनको प्रभावले मौसममा आंशिक बदली, छिटफुट वर्षा हुने सम्भावना


प्रशासन संवाददाता

६ चैत्र २०७५, बुधबार


काठमाडौं । प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हुँदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ ।

दिउँसो घाम लाग्ने र साँझ पुनः बदली भई क्षणिक मेघ गर्जनसहित छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समयसम्म ठूलो वर्षा भने नहुने तथा बिहीबार र शुक्रबार पनि मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस