१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरुष बन्ध्याकरणमा महिला बाधक

अ+ अ-

डोटी । डोटीका अधिकांश महिलाहरुले आफ्ना श्रीमान्लाई स्थायी बन्ध्याकरण गर्न नदिने गरेको पाईएको छ ।

बडीकेदार गाउँपालिकाकी अनिता (नाम परिवर्तन) गत सोमवार बिहानै आफ्ना श्रीमान्सँगै बडीकेदार गाउँपालिका–२ खड्यौली पुगिन् । उनी स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुगेकी थिईन । उनका श्रीमान्ले आफु स्थायी वन्ध्याकरण गर्ने जिद्धि गर्दै थिए तर अनिताका अगाडी उनको जिद्धिले काम गरेन् । अनितालाई स्वास्थ्य कर्मीहरुले पनि सम्झाउन खोजे तर उनले सुन्नै चाहेन अन्ततः आफ्नै मिनिल्याप गराईन् ।

आदर्श गाउँपालिकामा पनि महिलाहरुले श्रीमान्लाई स्थायी वन्ध्याकरण गर्न नदिई आफैं गरेको डोटी जिल्ला अस्पतालका एम डि जि पी डा. गिरिश अवस्थीले बताए । ‘दुई जना पुरुषहरु आएर लाईनमै बसिसकेका थिए’ डा अवस्थीले भने ‘उनीहरुका श्रीमती आए र आफू स्थायी वन्ध्याकरण गर्ने भन्दै नाम टिपाए उनिहरुलाई गर्न दिएन ।’ यी यस्ता प्रतिनिधिमुलक घटना मात्र हुन् । तर डोटीका अधिकांश महिलाहरुले आफ्नो श्रीमानलाई स्थायी वन्ध्याकरण गराउन मान्दैनन् ।

नेपाल सरकारको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयका साथै स्थानीय स्वास्थ्य संस्थाहरुको समन्वयमा नेपाल परिवार नियोजन संघ डोटी शाखाले जिल्लाका १७ स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी वन्ध्याकरण शिविरमा

वन्ध्याकरण गराउने दुई सय १६ मध्ये एक सय ६७ महिला रहेका छन् । यो संख्या सेवा लिने कुल संख्याको ७७ प्रतिश हुन आउँछ । शिविरमा सबैभन्दा बढी आदर्श गाउँपालिकामा ५१ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् । यस गाउँपालिकामा जम्मा ६० ले उक्त सेवा लिएका थिए ।

यस्तै सायल गाउँपालिकामा २२ मध्ये १९ महिला, दिपायल सिलगढी नगरपालिकामा ३० जना मध्ये २२ महिला, के आई सिंह गाउँपालिकामा ११ जना मध्ये नौ महिला र शिखर नगरपालिकामा १० जना मध्ये ६ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् । स्थायी बन्ध्याकरण सुविधा लिनेहरुमा पूर्वीचौकी गाउँपालिकामा २६ जना मध्ये २५ महिला, जोरायलमा १७ जना मध्ये १२ महिला र बडीकेदारमा २५ जना मध्ये १७ जना महिला रहेका छन् । बोगटान गाउँपालिकामा भने पुरुषको संख्या बढी देखिएको छ । यस गाउँपालिकामा बन्ध्याकरण सेवा लिने १५ मध्ये ९ जना पुरुष रहेका थिए ।

पुरुषहरुले बन्ध्याकरण गरे शारीरिक रुपमा कमजोर हुने भन्दै महिलाहरुले आफ्ना श्रीमान्लाई बन्ध्याकरण गर्न नदिने बरु आफै मिनील्याप गर्ने गरेको नेपाल परिवार नियोजन संघ डोटी शाखाका प्रवन्धक चेतराज फुलाराले बताए । उनले भने,‘पुरुषहरु कामका लागि बाहिर जानु पर्ने भएकाले कमजोरी हुन्छन् बन्ध्याकरण गरे यौन क्षमतामा पनि ह्रास आउँछ भन्ने भ्रम महिलाहरुमा अझै कायम छ त्यसैले गर्दा उनीहरुले श्रीमान्लाई बन्ध्याकरण गर्नबाट रोक्छन् । श्रीमतीले मात्रै नभएर अन्य आफन्त महिलाहरुले पनि पुरुषलाई बन्ध्याकरण गर्नबाट रोक लगाउने गरेको समेत फुलाराको बुझाई छ ।

बन्ध्याकरण गर्दा शारीरिक रुपमा कमजोरी नहुने बताउँछन् जिल्ला अस्पताल डोटीका डा.अवस्थी । उनी भन्छन्, ‘महिलाहरुभन्दा पुरुषहरुलाई स्थायी वन्ध्याकरण गर्न सजिलो हुन्छ, पुरुषहरुमा जोखिम पनि कम हुन्छ ।’ उनले सामान्य ढाड दुख्ने समस्या हुन सक्ने तर अन्य कुनै समस्या नहुने बताए । महिलाहरु श्रीमान्माथि निर्भर भएका कारण उनीहरुले श्रीमान्लाई केही भई पो हाल्छ कि भनेर डर मान्ने गरेको अवस्थीको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस