उपत्यकाका ७७ स्थानमा ट्राफिक जाँच सुरु, लोला हान्नेलाई नियन्त्रणमा लिई कारवाही गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपत्यकाका ७७ स्थानमा ट्राफिक जाँच सुरु, लोला हान्नेलाई नियन्त्रणमा लिई कारवाही गर्ने


६ चैत्र २०७५, बुधबार


काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखि उपत्यकाका ७७ स्थानमा विशेष चेक जाँच सुरु गरेको छ । होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको महाशाखाले बातएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तिव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारवाही गर्न विशेष जाँचको व्यवस्था मिलाइएको जनाए ।

होलीलाई दुर्घटनारहित र मर्यादित बनाउन ५०० भन्दा बढी ट्राफिक प्रहरी खटाउन खटाइएका छन् । बिहान सात बजेदेखि बेलुका सात बजेसम्मका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुगमन, १९ वटा मोबाइल टोली र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गरिएका छन् ।

सवारी साधन प्रयोग गरी लोला हान्नेलाई नियन्त्रणमा लिई कारवाही गर्न तथा होलीमा कारवाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी गराउन ट्राफिक प्रहरीले बिहानैदेखि सडकमा अपरेन सुरु गरिसकेको महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस