२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५१ वर्षपछि सरकारी अधिकारी जाजरकोटको बारेकोटमा

अ+ अ-

जाजरकोट । एकाउन्न वर्षपछि उच्च सरकारी टोली भौगोलिकरुपमा अत्यन्त विकट बारेकोट गाउँपालिका पुगेको छ । वि.सं. २०२४ पछि पहिलोपटक जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, साष्ट्रियअनुसन्धान विभाग, जिल्ला वन डिभि, प्रहरी प्रमुखलगायतको टोली बारेकोट पुगेको हो ।

जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाका विभिन्न वडामा बृहत शिविर सञ्चालन गरेर स्थानीयवासीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण र मतदाता नामावलीमा समावेश गरेको छ । शिविरमा यहाँका धेरै स्थानीयवासीले नागरिकता प्रमाणपत्र लिए भने फोटोसहितको मतदाता नामावली र उद्योग दर्ता गराएका छन् ।

नेपाली नागरिकताको प्रामा पत्र लिनेमा अधिकांशश वृद्धवृद्धा बढी रहेको प्रमुख जिल्ला अधिकारी बस्नेतले जनाए । चार दिन सञ्चालन भएको शिविरमा एक हजार १३० ले नेपालस् नागरिकता प्रमाणपत्र बनाएका छन् । नागरिकता लिनेमा पुरुषभन्दा महिलाको संख्या बढी भएको पाइएको छ । त्यस्तै एक हजार तीन सय ४८ ले फोटोसहितको मतदाता नामावलीसमेत दर्ता गराएको प्रजिअ बस्नेतले जनाए ।

नागरिकताको प्रमाणपत्र लिन यहाँक स्थानीइवासीले आफन्त्हरु बोकेर ल्याएको गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताए । उनका अनसार बारेकोटका हधिकांश वृद्धवृद्ध, युवायुवती नागरिकता नहुँदा वर्षेनी सरकारी सेवा र मतदान सेवाबाट व१िचत हुँदै आएका छन् ।

दुर्गम भएकाले बारेकोटमा जिल्लास्थित प्रमुख सरकारी टाली २०२४ देखि अहिलेसम्म कोही नपुगेको वीरेन्द्र ऐश्वेर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहलेजनाए ।

भौगोलिकरुपमा विकट मानिएका जिल्लाका गाउँगाउँबाट सदरमुका आउन अधिकां ठाउँबाट कम्तीमा तीन दिन लाग्ने गर्दछ । त्यससमा वृद्धवृद्धालाई सदरमुकाम बोकेर ल्याउन सबैभन्दा ठूलो समस्या हुने गरेको छ । जिल्लाका सबै ठाउँ सडक सञ्जालसँग नजोडिएको कारण यहाँक्ँ दूरदराजका स्थानीइवासी सजिलै सदरमुकाम आएर फर्कने अवस्था नभएको हो ।

जुम्लाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिकाका विभिन्न वडाबाट सदरमुकाम खलङ्गा आउन त झन् निकै समस्या भएको स्थानीयवासीको गुनासो छ । गाउँपालिकामा सरकारी सेवा पाउन ठाूलो चुनौती मोल्नु पर्छ ।

दुर्गाम गाउँमा सरकारी सेवा प्रभाव, पहुँच र आवश्यकताको अनुगमनसमेत गरेको जिल्लाको उच्च सरकारी टोलीले बारेकोटमा ठूलो समस्या भएको औँल्याएको छ । सडक सञ्जालसँग बारेकोट नजोडिनु, सरकारी सेवा प्रभावकारी गाउँगाउँमा पुग्न नसक्नु, अहिलेसम्म गाउँपालिकाको कायाृलय गाउँमा सञ्चालन हुन नसक्नु, बैंक स्थापना भए पनि कारोबार जिल्ला सदरमुकामबाटै हुनु, टेलिफोन सेवा नहुनु, जडीबटी संरक्षण गर्न नसक्नु यहाँका मुख्य समस्या हुन् ।

बारेकोटमा आयोडिन युक्त नुनदेखि औषधि लिनकालागि दैनिक जीवनयापन गर्ने यहाँका स्थानीयवासाीको जीवनस्तरमा परिवर्तन ल्याउन राज्यले भारी लगानी गनुृपर्ने देखिन्छ । जुम्ला जाने सडकसमेत यही बाटो भएर जाने गर्दछ ।

भौगोलिकरुपमा विकट रहको यो ठाउँबाट सरकारी उच्च स्थानमा तत्कालीन पञ्चायतकालमा दीपबहादुर सिंह मन्त्री भएका थिए भने त्यसभन्दा पछि अहिले सम्म कोही पनि उच्च स्थानमा पुगेका छैनन् ।

प्रतिक्रिया दिनुहोस