काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकास्थित नेपाली राजदुतावास पुगेका छन् । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका अध्यक्ष प्रचण्ड नेपाली राजदुतावास पुगेका हुन् ।
दुतावासमा उनलाई अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्की तथा कार्यालयका कर्मचाले स्वागत गरेका थिए ।
उनी पत्नी सीता दाहालको उपचारका लागि स्वकीय सचिव तथा छोरी गंगा दाहालसहित आइतबार साँझ अमेरिकातर्फ प्रस्थान गरेका थिए।
अमेरिकाको जोन होप्किन्स अस्पतालमा उपचार गराइरहेकी प्रचण्ड पत्नी सीतालाई प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी (पिएसपी) भएको केही महिना अघि सिंगापुरमा पुष्टि भएको थियो।







