काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका चार कमाण्डर पक्राउ परेका छन् । काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा विप्लव समूहसँग गोली हानाहान भएपछि सर्च अभियानको क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेकाहरु विप्लव समूहका मध्यकमाण्डर रहेकोर उनीहरुको परिचय गोप्य राखिएको छ ।
मंगलबार राति काभ्रेमा प्रहरी र विप्लव समूहबीच दोहोरो फायरिङ भएको थियो । विप्लव समूहका नेता कार्यकर्ता रहेको सूचना पाएपछि प्रहरी परिचालित भएको थियो । उनीहरुलाई फलो गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरीले जनाएको छ ।