अख्तियारद्धारा आयुर्वेद अधिकृत यादवविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अख्तियारद्धारा आयुर्वेद अधिकृत यादवविरुद्ध मुद्दा दायर


५ चैत्र २०७५, मंगलबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पताल, धनुषामा कार्यरत आयुर्वेद अधिकृत मिथिलेशकुमार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा बहाल रहेको र सो कार्य भ्रष्टाचारजन्य क्रियाकलाप भएको आयोगको ठहर छ ।

यस्तै सुलीचौर नगर विकास समिति रोल्पाका अध्यक्ष प्रकाश घर्तीमगरको पनि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने अरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी अध्यक्ष घर्ती सार्वजनिक पदमा बहाल रही लाभसमेत लिएको देखिएको आयोगको आरोप छ ।

प्रतिक्रिया दिनुहोस