२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार सात अङ्कले घट्यो

अ+ अ-

काठमाडौं । सोमबार जस्तै आज पनि धितोपत्र बजारमा शेयरको मूल्यमा ६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार घटेर एक हजार १४७.१५ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५७ विन्दुले घटेर २४३.९७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ । कूल १५८ कम्पनीको पाँच लाख ३४ हजार ९९५ कित्ता शेयर रु १४ करोड ८६ लाख ३३ हजार २४५ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । बैंकिङ ६.७५, व्यापार २.८७, होटल उपसमूहको शेयर कारोवार भएन । यस्तै विकास बैंक ९.९८, जलविद्युत् ७.८५, वित्त ३.२७, निर्जीवन बीमा २२.३९, उत्पादन ४.७४, अन्य ४.३३,लघुवित्त ७.४३ र जीवन बीमा २०.२३ विन्दुले घटेका छन् ।

स्टकका अनुसार नागरिक लगानी कोषको रु दुई करोड ३५ लाख ४६ हजार ४०८, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ४६ लाख ७८ हजार ३९४, ग्लोबल आइएमइ बैंकको संस्थापक शेयर रु एक करोड १५ लाख १४ हजार १०२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर रु ४७ लाख ७१ हजार ५०१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा आशा लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९.९५ प्रतिशतले कमाउँदा श्रीराम सुगर मिल ४.८६, सिन्धु विकास बैंक ४.३५, सहयोगी विकास बैंक ३.६५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.२७ र नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले २.७८ प्रतिशतले कमाएका छन् ।

नेशनल हाइड्रो पावर कम्पनीको शेयर अझै पनि प्रतिकित्ता रु ७४ मा कारोवार भइरहेको छ । यस्तै मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले ४.८९, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ३.१२, साइन रेसुङगा डेभलपमेन्ट बैंक २.९४ र अरुण काबेली पावरका शेयरधनीले २.८५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस