२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईप्सान्त माथि परिचर्चा कार्यक्रम

अ+ अ-

पोखरा । साहित्य शृङखला पोखराको २०९ औं नियमित रचना वाचन तथा पुस्तक परिचर्चा कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ।

चितवनमा रहि प्रगतिशील साहित्य लेखनमा सक्रिय स्रष्टा एवं साहित्यकार रह शर्माको औपन्यासिक कृति ईप्सान्तको परिचर्चा गर्दै प्रमुख अतिथि डा. कृष्णराज अधिकारीले साहित्यकारहरु कुनै पनि राजनैतिक पार्टीको कार्यकर्ता नभई सरकारले राम्रो काम गरेको बेला राम्रो र गलत कामका विरुद्ध सरकारलाई साहित्य मार्फत खवरदारी गर्न सक्नुपर्ने बताए ।

कृतिले देशको राजनैतिक व्यवस्था र त्यसबाट युवाहरुमा परेको नकारात्मक असर एवम् सासांरिक मोह प्राप्तिको लागि युवाहरु जस्तोसुकै चुनौती मोल्न तयार रहेको विषयलाई मिहिन ढंगले उठाएको बताए ।

समीक्षक प्रा.डा. विष्णु प्रसाद पौडेलले युवाहरुको विदेश प्रतिको मोह र जुनसुकै बाटोबाट पनि विदेशिने मानसिकता प्रति लेखकले समेट्न सकेको उल्लेख गर्दै कृतिको शब्द चयनले लेखकको लेखकिय क्षमतालाई स्पष्ट रुपले झल्काएको टिप्पणी गरे ।

प्रगतिशील लेखक साहित्यकारहरुले समाजका बेथितिबिरुद्ध आवाज उठाईरहेको भएतापनि राजनैतिक पार्टीहरुको गलत प्रवृत्ति विरुद्ध खुलेर लेख्न सकेमा मात्र साहित्यमा बास्तविक प्रगतीशिलताको अनुभुति गर्न सकिने बताए ।

यसै गरी समीक्षक तथा प्रलेस कास्कीका अध्यक्ष नारायण मरासिनीले शर्माको कृतिले युवापुस्ताको वर्तमान मानसिकतालाई शसक्त रुपले उठान गर्न सकेको भन्दै अहिलेको समग्र युवा पुस्ताले यसबाट शिक्षा लिन सक्ने बताए ।

कार्यक्रमका अर्का बक्ता एवम प्रलेस कास्कीका गण्डकी प्रदेश अध्यक्ष लोक बहादुर थापाले शर्माको कृतिले समाजको यथार्थतालाई सकारात्मक रुपले उजागर गर्न सफल रहेको बताए । बरिष्ठ अग्रज साहित्यकार प्रा.डा. रविलाल अधिकारीले साहित्यकर्मीहरु अग्रगामी परिवर्तनको पक्षमा निरन्तर लागेमा मात्र समाज रुपान्तरण हुने बताए ।

कार्यक्रममा संगम साँस्कृतिक मञ्च एंव रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुको प्रगतिशील गीत, संगीतको रोचक प्रस्तुित रहेको थियो यसैवीच नियमित रचना बाचन कार्यक्रममा साहित्यकार अल्पविराम, गीता तिवारी, दिनेश भण्डारी , आदर्श सापकोटा, सन्तोष सापकोटा, छवि सुवेदी, गेहेन्द्र पोखरेली, शरण आँसु, सुमनराज पौडेल, कल्याण पन्त यादबराज भुर्तेल, छन्दिका त्रिपाठी, मदन भण्डारी, आर्या त्रिपाठी लगायतले आफ्नो रचना वाचन गरेका थिए ।

शृङखलाका अध्यक्ष लोकनाथ पुडासैनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव निर्मला न्यापानेले गरेका थिए । शिखा बुक्सबाट प्रकाशन उक्त पुस्तकको मूल्य ३५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस