२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छाउपडी मुक्त नगर घोषणा गर्न जनप्रतिनिधिको प्रतिवद्धता

अ+ अ-

डोटी । डोटीका जनप्रतिनिधिहरुले शिखर नगरपालिकालाई छाउपडी मुक्त नगर घोषणा गर्नसामुहीक प्रतिवद्धता जनाएका छन् ।

फाया नेपालकोे आयोजनामा सोमबार महिला सवालमा केन्द्रीत छलफल कार्यक्रममा नगरभित्रका सम्पूर्ण जनप्रतिनिधीहरुले यस आर्थिक वर्ष भित्र छाउपडी मुक्त नगर घोषणा गर्न समुदाय, विद्यालय स्तरमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरी कार्ययोजनासहित अगाडि बढ्ने प्रतिज्ञा गरे ।

छाउपडपी प्रथा एक सामाजिक कुरिती भएको हँुदा यसको अन्त्यका लागि नगरपालिकाले विभिन्न जनचेतनामुलक अभियानहरु संचालन गर्दै आईरहेको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । उनले भने, ‘महिनावारी महिलाको नियमित प्रक्रिया हो तर यसलाई परम्परागत चलन अनुसार ठूलो रुपमा लिईयो । आज समस्याको रुपमा देखा परेको छ । पहिलेको भन्दा अहिले धेरै सुधार भईसक्यो, नगरभित्र छाउपडी गोठ छैनन् । सरसफाई गर्नमा केही समस्या होला त्यो अलग कुरा हो त्यसैले यस नगरपालिकालाई यसै आर्थिक वर्ष भित्र छाउपडी मुक्त छाउपडी मुक्त नगर घोषणा गर्छौ । यस अभियानलाई सहयोग गर्ने संघसंस्था समूहहरुलाई पनि पूर्ण रुपमा सहयोग गर्ने समेत बताए ।

छाउडपी प्रथा महिलाहरुको निममित रुपमा हुुने प्रक्रिया हो तर यसलाई सामाजिक कूरितिसँग जोडेर विभेद गरेका कारण महिलाहरुले यसका शिकार हुन परेको शिखर नगरपालिकाकी नगर उप–प्रमुख धौली देबी रावलले बताईन् । उनले भनिन छाउपडी प्रथा जस्ता कूप्रथा विकृती बिसंगतीका विरुद्धमा हामीले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु निरन्तररुपमा संचालन गरीरहेका छौ तर चाहेजस्तो सहज छैन् समय लाग्छ । नगरपालिका भित्रका कुनै पनि दिदीबहिनी, छोरीहरु, आमाहरुलाई कुनै पनि हालतमा महिला हिंसा, भेदभाव, घरेलुहिंसामा परेमा आफूलाई जानकारी गराउन सहेर नबस्न समेत आग्रह गरिन् ।

सुदूरपश्चिममा सामाजिक कुरितीको रुपमा व्याप्त रहेको छाउपडी प्रथाका कारण डोटीमा पनि थुप्रै महिलाहरुले अकालमै ज्यान गुमाएका छन् । केही केही महिलाहरु विभिन्न रोगका सिकार भएका छन् । नेपाल सरकारले छाउपडी प्रथालाई एक कूप्रथाको रुपमा लिएको भएपनि अहिले सम्म यसको पूर्ण रुपमा अन्य हुन सकिरहेको छैन् । यसको अन्तयका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विभिन्न अभियानमूलक कार्यक्रमहरुको आयोजना गर्दै आईरहेका छन् ।

पछिल्लो समयमा डोटीको शिखरनगरपालिका, बडिकेदार गाँउपालिका र दिपायल सिलगढी नगरपालिकामा फाया नेपालले पनि हाम्रो नेतृत्व परियोजना अन्तर्गत महिलाहरुको सवाल छाउपडी प्रथा, महिला अधिकार, महिला सहभागिताका क्षेत्रमा विभिन्न तालिम, गोष्ठी र वकालतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस