२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात अङ्कले घट्यो शेयर बजार

अ+ अ-

काठमाडौं । पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर १ हजार १५३.९८ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २४५.५४ विन्दुमा पुगेको छ । परिसूचक घटेपनि कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १३ लाख ९३ हजार ५५८ कित्ता शेयर रु ३६ करोड सात लाख नौ हजार ७८० मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका दश उपसमूहमध्ये आज २ उपसमूहको मात्रै शेयर बढेको छ । आठ उपसमुहको शेयर ओरालो लागेको छ । स्टकका अनुसार वित्त ४.३८ र उत्पादन उपसमूह ७.६६ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ ६।३७, होटल ७.१४, विकास बैंक ६.१९, जलविद्युत् १४.३९, निर्जीवन बीमा ६०.४६, अन्य ०.६४, लघुवित्त १०.६८ र जीवन बीमा ७६.५३ विन्दुले घटेको छ । लगानीकर्ता ग्लोबल आइएमई बैंकको संस्थापक शेयरतर्फ आर्कषित हुँदा आज सो बैंकको रु छ करोड ३९ लाख १० हजार ५७२ मूल्य बराबरको कारोवार भएको छ ।

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको रु १ करोड ४७ लाख १४ हजार ८४६, एभरेष्ट बैंकको रु १ करोड २४ लाख ३२ हजार ५३१ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ७६ हजार ८११ बराबरको कारोवार भएको छ ।

स्टकका अनुसार युनाइटेड फाइनान्सका शेयरधनीले ८.७२ प्रतिशतले कमाएका छन् भने मल्टिपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ७.१४, आशा लघुवित्त वित्तीय संस्था ४.९८, सिन्धु विकास बैंक ४.५५, श्रीराम सुगर मिल ४.५२ प्रतिशतले कमाएका छन् ।

यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ५.१६, खानीखोला हाइड्रो पावर कम्पनी ४.८७, रैराङ हाइड्रो पावर ३.८०, अपि पावर कम्पनीका शेयरुधनीले ३.५९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस