२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियमित रुपमा विद्यालय ल्याउन स्यानिटरी प्याड

अ+ अ-

बुटवल । रजस्वलाका वेला नियमित रुपमा विद्यालय ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले छात्राका लागि ‘स्यानिटरी प्याड’ उपलब्ध गराइएको छ । तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा निःशुल्क ‘स्यानिटरी प्याड’ उपलब्ध गराएको हो । नगरका सामुदायिक विद्यालयमा छ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्राको संख्या ३ हजार ६५० छन् ।

रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने समस्या देखिएपछि नगरपालिकाले सो रणनीति लिएको हो । यस कार्यका लागि चालू आर्थिक वर्षमा रु ५ लाख बजेट विनियोजन गरिएको नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिए ।

प्रतिछात्रा रु. १३६ का दरले स्यानिटरी प्याडका लागि विद्यालयलाई रकम उपलब्ध गराइएको नगरपालिकाका शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले बताए । कतिपय छात्राले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट सङ्क्रमणसमेत हुन सक्ने भएकाले पनि स्यानिटरी प्याड उपलब्ध गराइएको नगरपालिकाको भनाइ छ ।

छात्रा संख्याको आधारमा नगरपालिकाले रकम विद्यालयको खातामा जम्मा गरिदिएपछि विद्यालयले प्याडको व्यवस्था मिलाएका हुन् । यसका लागि हरेक विद्यालयले एक जना महिला शिक्षकलाई ‘फोकल शिक्षक’ तोकेका छन् ।

स्यानिटरी प्याडको उपलब्धताले छात्राहरु ढुक्कसँग विद्यालय आउने वातावरण बनेको जनजागृति माविका शिक्षक नरेन्द्रबहादुर क्षत्रीले बताए । नगरपालिकाले बजेट उपलब्ध गराएपछि चालू शैक्षिक सत्रबाट नै आवश्यकताका आधारमा निःशुल्क स्यानिटरी प्याड दिन थालेको उनले बताए।

यसैगरी नगरपालिकाले गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराउने तयारी गरेको छ । नगरपालिकाले नगरभित्रका २ वटा बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई संघीय सरकारले उपलब्ध गराउने रकममा रु.५ सय थपेर दिने गरेको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुनेले नियमित स्वास्थ्य परीक्षण गराएमा प्रोत्साहन स्वरुप रु. २ हजार ५ सय प्राप्त गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस