१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यचौकी, सामुदायिक भवन र आलु भण्डारण केन्द्र निर्माण

अ+ अ-

बागलुङ । काठेखोला गाउँपालिका–३ मा धम्जा स्वास्थ्यचौकी, सामुदायिक भवन र आलु भण्डारण केन्द्र निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेशका भौतिक विकास तथा पूर्वाधारमन्त्री रामशरण बस्नेतले निर्माण गरिने ती भवन शुभारम्भ गर्दै यसले धम्जाको आर्थिक, सामाजिक विकासले गति लिने विश्वास व्यक्त गरे ।

धम्जा, देउरालीमा निर्माण हुने स्वास्थ्यचौकी १८ महीनाभित्र पूरा गरिने भएको छ । एक करोड ४५ लाख ७६ हजारको लागतमा बन्ने स्वास्थ्यचौकी निर्माणको जिम्मा जुम्ली निर्माण सेवाले पाएको छ ।

यस्तै सायकटेरामा रु ५० लाखको लागतमा बन्ने धम्जा बहुउद्देश्यीय सामुदायिक भवन चालू आवमा भुइँतला मात्र निर्माण गरिने भएको छ क्रमागत योजनामा परेको भवनलाई थप बजेट व्यवस्था गरेर आउँदो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । दुईतले अत्याधुनिक भवनको लागत रु एक करोड ८७ लाख तोकिएको छ । भवनमा सात कोठा, चार शौचालय, हल, चमेनागृहसहितका संरचना बन्नेछन् ।

सायकटेरामा सञ्चालित सामुदायिक स्वास्थ्य एकाइलाई सोही भवनबाट सञ्चालन गरिने योजना छ । यस्तै असौजेमा बन्ने आलु भण्डारण एवं चिस्यान केन्द्रलाई गाउँपालिकाले चालू आवमा रु आठ लाख बजेट मात्र छुट्टाइएको छ । किसानले उत्पादन गरेको आलुको बिउ संरक्षणका लागि चिस्यान केन्द्र बनाउन लागिएको वडाध्यक्ष यामबहादुर श्रीसले बताए ।

“जग र भुइँतलाको काम यही वर्षभित्र हुन्छ”, उनले भने, “थप बजेट व्यवस्थापन गरेर जतिसक्दो छिटो यसलाई सम्पन्न गर्ने योजना छ ।” गाउँपालिकाले पनि क्रमागत योजनामा पारेर बजेट थप्दै जाने प्रतिबद्धता जनाएको छ । धम्जाको असौजे र ओखले क्षेत्रलाई गाउँपालिकाले आलुको ‘पकेट’ क्षेत्र घोषणा गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस