अफगानिस्तानमा आक्रमण सातको मृत्यु « प्रशासन
Logo ३ जेष्ठ २०७९, मंगलबार
   

अफगानिस्तानमा आक्रमण सातको मृत्यु


३ चैत्र २०७५, आइतबार


काबुल । अफगानिस्तानमा शनिबार भएका दुइ छुट्टाछुट्टै आक्रमणमा परी प्रहरी एक वरिष्ठ अधिकारहरुसहित ७ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

कान्दाहार प्रान्तको आर्घान्दाब जिल्लामा विस्फोट पर्दाथ विस्फोट गराएर भएको पहिलो आक्रमणमा प्रहरी प्रमुख हाजी जमारीसहित ४ सर्वसाधारणको मृत्यु भएको थियो ।

त्यसैगरी गजनी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको बाहिरी इलाकामा शनिबार साँझ सेनाको सवारी साधनलक्षित भएको विस्फोटमा परी ३ अफगान प्रहरीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता हरिफ नुरिमले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

यस शक्तिशाली विस्फोटमा परी सेनाको सवारी साधन पनि ध्वस्त भएको जनाइएको छ । शान्तीका दुश्मन तालिबान लडाकू समूहले नै यो आक्रमण गराएका सरकारी अधिकारीहरुको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस