२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलामा पाठेघरसम्बन्धी समस्या बढी

अ+ अ-

दाङ । महिलामा पाठेघरसम्बन्धी समस्या बढी रहेको छ । विशेष गरेर जिल्लाका ग्रामीण समुदायमा बसोवास गर्ने महिला यो रोगबाट बढी पीडित हुने गरेको तुलसीपुर उपमहानगरपालिका–१ को भ्युडर सुनपुरमा आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलाको सङ्ख्याले सो कुरा पुष्टि गरेको हो ।

यस्तै समस्या भएकी महिलामध्ये एक तुलसीपुर उपमहानगरपालिका–१ पवन नगरकी टुन्कीकुमारी भण्डारी । ६५ वर्षीया भण्डारीको १५ वर्षको कलिलो उमेरमा घर नजिकै लड्दा पाठेघरअर्थात् आङ खसेको रहेछ तर उनले घरका कुनै सदस्यसँग आफ्नो यस्तो समस्या भएको भनी नबताएको बताए ।

पाठेघर खस्यो भन्न लाज लाग्यो त्यसैले कसैलाई भनिनन् तर अहिले घर नजिकै शिविर आएपछि उपचार गराउन आए । यो त रोग रहेछ लाज मान्नुपर्ने रहेनछ भन्ने सोचाइ आयो उनले भने । अहिले डाक्टरले शल्यक्रिया गर्नुपर्छ भने ।

५ छोराछोरीकी आमा रहेकी भण्डारीका श्रीमान् केही वर्ष पहिलेनै बितिसकेको छन् । अहिले उनी छोरीसँगै उपचारको लागि त्यहाँ आएकी थिइन् । त्यस्तै सोही वडाकै ५५ वर्षीया काली नेपालीले पनि १६ वर्षको कलिलो उमेरदेखि आङ खस्ने समस्याबाट पीडित भएको बताइन्। उनको १४ वर्षको उमेरमा विवाह भएको रहेछ । पहिलो सन्तान जन्मेको समयमा धेरै दिन सुत्केरी बस्न पनि पाइनन् ।

कामको बोझले एक्कासि पाठेघर खस्यो छ शुरुमा त थाहा भएन, रगत बग्ने, तल्लो पेट दुख्ने भई रहन्थ्यो त्यति भए पनि लाजका कारण घरमा पनि कसैलाई भनिन् । माइत गएको बेला पनि कसैसँग भन्न सकिन सहदै बसे उनले भनिन् तर ५ वर्ष अघिमात्र घरमा श्रीमान्लाई भने उनले भने ।

त्यसपछि श्रीमान्ले नेपालगञ्ज उपचारको लागि लगे । आङ खसेको छ भनी रिङ राखेर पठाई दिए तर अहिले सञ्चो भएन् । अहिले पनि रगत बग्ने, दुख्ने भएपछि गाउँमा शिविर आएको भनी थाहा पाएपछि जचाउन बुहारीसँगै आएकी छु डाक्टरले शल्यक्रिया गर्नुपर्छ भन्नुभयो उनले भनिन् ।

शिविरमा २ महिला मात्र होइन यो समस्याबाट पीडित धेरै महिला उपचारको लागि यहाँ आएका छन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिका–२ खैरीपुरकी ६० वर्षीया मीनाकुमारी विष्टले पनि पाठेघरको उपचारको लागि आफू यहाँ आएको बताइन् ।

रोग लुकाउने प्रवृत्ति, आर्थिक अभावका कारण वर्षौंदेखि सो रोगको उपचार गर्न नसकेका दाङका महिलालाई लक्षित गर्दै तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको समन्वयनमा तुलसीपुर उपमहानगरपालिका वडा नं १र २ को संयुक्त आयोजनामा शुक्रबार सो क्षेत्रमा विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

शिविरमा ४९१ महिलाको पाठेघरसम्बन्धी चेक जाँच गरिएकोमा १७८ महिलामा पाठेघरको समस्या, २७ को पाठेघर खसेको र तीन जनामा पाठेघरको क्यान्सरको शङ्का र अन्यमा पाठेघरको सङ्क्रमण देखिएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस