काठमाडौँ । सेवाग्रााहीको चापलाई मध्यनजर गर्दै राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ ।
१० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय चैत १(हिजो) देखि ९ बजे खुलेर ५ बजे बन्द हुने भएको हो । शुक्रबार भने ९ देखि ३ बजेसम्म काम हुनेछ ।
नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु, राहदानी बिभाग र विदेशस्थित कुटनैतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।