२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माउन्टेन बाइक प्रतियोगिता शुरु

अ+ अ-

काठमाडौं । १७ औँ राष्ट्रिय माउन्टेन बाइक एवं नवौँ राष्ट्रिय डाउनहिल च्याम्पियनसिप प्रतियोगिता आजदेखि शुरु भएको छ ।

नेपाल साइक्लिङ एशोसिएशनले आयोजना गरेको प्रतियोगिता गोकर्णेश्वर नगरपालिकाको राष्ट्रिय शहीद तथा शान्ति स्मारकमा शुरु भएको हो । पहिलो दिन आज डाउनहिलका पुरुष सिनियर र जुनियर एवं महिला समूहको खेल खेलाइएको थियो ।

पुरुष सिनियरतर्फ एक मिनेट २०.७०२ सेकेण्डमा निर्धारित दूरी पार गरी सुमन तामाङ प्रथम भए । यसैगरी एक मिनेट ३०.७१२ सेकेण्डमा दूरी पार गरी कुञ्जनी राई दोस्रो र एक मिनेट ४०.५१३ सेकेण्डमा दूरी पार गरी निरेन्द्र महर्जन तेस्रो भए ।

पुरुष जुनियरमा निरव श्रेष्ठ पहिलो, तेजÞसन कुँवर दोस्रो र दीपक जिमी तेस्रो भए । उनीहरुले क्रमशः एक मिनेट १८.८५५ सेकेण्ड, एक मिनेट २२.६२८ सेकेण्ड र एक मिनेट २४.१३७ सेकेण्डमा निर्धारित दूरी पार गरेका थियो । महिलातर्फ एक मिनेट ५५.१९४ सेकेण्डमा निर्धारित दूरी पार गरी निश्मा श्रेष्ठ पहिलो, दुई मिनेट २८.४४९ सेकेण्डमा पार गरी रोजिशा लिम्बू दोस्रो र दुई मिनेट ३६.०६८ सेकेण्डमा दूरी पार गरी आरती श्रेष्ठ तेस्रो भएका थिए ।

कार्यक्रम उद्घाटन गोकर्णेश्वरका नगर प्रमुख सन्तोष चालिसेले गरेका थिए ।  नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । शनिबार क्रसकन्ट्रीका प्रतिस्पर्धीको प्रतियोगिता हुने जनाइएको छ । सबै खेलका विजयी खेलाडीलाई शनिबार दिउँसो पुरस्कार एवं प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।