२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको कार्यशैलीप्रति वरिष्ठ नेता पौडेलको असन्तुष्टि

अ+ अ-

तौलिहवा । राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त नबुझेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाको बाणगङ्गा नगरपालिकामा आयोजना गरेको कार्यकर्ता भेलालाई वरिष्ठ नेता पौडेलले सिके राउतले राष्ट्र विखण्डनको नारालाई जनमत सङ्ग्रहमार्फत सिद्ध गर्ने भन्दै अझै हिँड्ने गरेका कारण सरकार सिके राउतसँग नराम्ररी चुकेको बताए ।

उनले विप्लव नेतृत्वको माओवादीलाई पनि प्रतिबन्ध लगाउनुको साटो वार्ता र संवादका माध्ययमबाट सहमतिको आधार खोज्न सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’लाई आग्रह गरे।

सो अवसरमा पार्टी नेताहरु डा रामशरण महत, दीपकुमार उपाध्याय लगायतले सङ्गठन सुदृढीकरणको विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस