२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्फोटमा संलग्न भएको आशङ्कामा दुई पक्राउ

अ+ अ-

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव निकट नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बुधबार भरतपुर महानगरपालिका–५ मा भएको विष्फोटमा संलग्न भएको आशङ्कामा २ जनालाई नियन्त्रणमा लिइएको बताए ।

विष्फोटलगत्तै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी उपरीक्षक राठौरका अनुसार पक्राउ परेकामध्ये सातलाई साधारण तारेखमा छोडिएको र अन्य तीनलाई थप अनुसन्धानका लागि राखिएको छ ।

आज थप २ जना पक्राउ परेको उनले बताए । अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको छ ।

सिलिण्डर विष्फोटबाट भवन पूर्णरुपमा क्षति भएको थियो भने विष्फोटपछिको आगजनीले कागजपत्र पूरै जलेको प्रहरीले जनाएको छ । यस्तै विप्लव माओवादीले गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण जिल्लास्थित सम्पूर्ण व्यावसायिक प्रतिष्ठान, विद्यालय, बजार बन्द भएको छ । लामो दूरीका यातायात कम चलेका छन् । फाटफुट रुपमा छोटो दूरीका सवारी चलेका छन् ।

बन्दका क्रममा पूर्व पश्चिम राजमार्गमा सवारी रोकिएपछि प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यमा पुर्‍याउन थालेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले मकवानपुर, नवलपरासी, काठमाडौँबाट आएका सवारी र जिल्लाबाट बाहिरिने सवारीलाई स्कर्टिङ गरेको प्रहरी उपरीक्षक राठौरले बताए ।

मकवानपुरबाट आएका सवारीलाई लोथरबाट, नवलपरासीबाट आएका गाडीलाई नारायणी पुलबाट र काठमाडौँबाट आएका सवारीलाई मौवा खोलाबाट प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यतर्फ पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस