२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारबाही भोग्न तयार छु, अन्याय सहन तयार छैन

अ+ अ-

ड्रेस लगाएर कार्यालय जानुपर्ने कर्मचारी एका बिहानै पोस्टर र ब्यानर बोकी ‘ध्यानाकर्षण धर्ना’ दिन भन्दै माइतीघर मण्डलातर्फ दौडिन्छन् । कर्मचारी भए पनि नागरिकको अधिकार हुन्छ भन्दै आन्दोलनमा उत्रेका उनलाई प्रहरीले पक्राउ गर्‍यो । सरकारी कर्मचारी भएर सरकारकै विरोधमा धर्ना ? सिंहदरवार प्रहरी वृत्तमा पु¥याइएका शिक्षाका उपसचिव ईश्वरीप्रसाद पोखरेलसँग प्रशासन प्रतिनिधिले गरेको कुराकानी जस्ताको त्यस्तै ?

कार्यालय जानु पर्ने कर्मचारी एका बिहानै ड्रेस लगाएर धर्ना बस्न मण्डलामा ?
हँ !

उपसचिव स्तरको कर्मचारी यसरी सरकारको विरुद्ध धर्ना बस्न मिल्छ र भनेको ?
देशै लुट्न चाहिँ सबै हुने अनि यो देश बर्बाद हुन थाल्यो, भावी पुस्ताले अझै सङ्कट व्यहोर्नु पर्छ भनेर भन्न मैले नपाउने भन्ने हुन्छ र ?

कर्मचारी जस्तो व्यक्तिले त नियम कानूनसम्वत ढङ्गले पो जानुपर्‍यो त यसरी धर्नामै बस्न त आचारसंहिताले दिँदैन नि त ?
नियम कानुनसम्मतले मैले २२ वर्षका अवधि बिताएको छु । त्यहीँ भित्र बसेर सङ्घर्ष गरेको छु, मसँग भएका दस्ताबेजहरू पढ्नुस्, मैले लेखेका किताबहरू पढ्नुस्, मेरा धारणाहरू बुझ्नुस् त्यस पछाडि भन्नुस्, म कहाँनेर ट्रयाक भन्दा बाहिर गएँ । अब सुनुवाइ नै भएन । म नागरिक पनि हुँ त्यसैले मैले यो कुरालाई मैले बाहिर राख्नु पर्छ भन्ने लागेर मैले यो निर्णय गरेको हुँ । मैले राखेन भने कसले राख्छ ?

यहाँले भनेको जस्तै त्यो २२ वर्षका अवधिमा त खासै यहाँले गरेका सुधारका प्रयास कहीँ कतै देखिएनन् त अहिले आएर एक्कैचोटी धर्ना किन ?
त्यही तपाईँलाई बिन्ती गर्दैछु । मेरा डकुमेन्टहरू हेर्नुस् । मेरा पुस्तकहरू हेर्नुस् । मैले लेखेका चिजहरू हेर्नुस्, मैले के भनिराखेको छु र के गरिराखेको छु भन्ने कुरा हेरेर विश्लेषण गरौँला ।

समायोजनमा चित्त नबुझे पछि विषयलाई मोडेर आन्दोलनमा उत्रियो भन्ने पनि छ नि, वास्तविकता के हो ?
समायोजन कसको ? कर्मचारी सबैको समायोजन की एउटा निश्चित सेवाको मात्र समायोजन ! सचिव दिनेश थपलिया र मन्त्री लालबाबु पण्डितले जवाफ दिनु पर्छ । उनीहरूले सार्वजनिक पदको दुरुपयोग गरेका छन् त्यसो गर्दा खेरी उनीहरू जनताको कठघरामा उभिनु पर्छ । ऐन कानुनको बर्खिलाप सार्वजनिक पदको दुरुपयोग गर्न पाइन्छ ?

कर्मचारी भएर आफूभन्दा सिनियर कर्मचारी तथा मन्त्रीको विरोध मात्रै होइन, सरकारबिरुद्ध आन्दोलनै गरेपछि त तपाईँलाई सरकारले कारबाही गर्छ नै ?
मलाई स्वीकार्य छ । म कारबाही भोग्न तयार छु, अन्याय सहन तयार छैन ।

भनेपछि तपाइलाई सरकारले बर्खास्त गरे पनि स्वीकार्य हैन त ?
अब स्विकार्नै पर्‍यो नि । सरकारै म माथि लाग्छ भने मैले उठाएका कुरा गलत हुन्, हामी भ्रष्टै हौँ, हामी अनैतिकै हौँ, हामी यो देशमा सुशासन चाहँदैनौँ, हामी कूशासनका पक्षपाती हौँ भनेर सरकारै त्यहीँ बाटोमा हिँड्छ भने नागरिककोरुपमा प्रतिकार गर्नु भन्दा अर्को मसँग विकल्पै छैन ।

धर्ना बस्न जानुभएको थियो, प्रहरीले उठाएर लग्यो त अब के गर्नुहुन्छ ?
म अगाडी बढ्छु । पहिलो चरणमा सप्ताह व्यापी धर्नाको कार्यक्रम छ । जहाँ ठाउँ तोक्नुहुन्छ त्यहाँ बस्छु । त्यस पछाडि के गर्ने भन्ने बारे जनताले सोच्ने कुरा हो ।

जनताले तपाईँलाई साथ दिन्छन् जस्तो लाग्छ त ?
मैले उठाएको कुरा मेरो व्यक्तिगत केही पनि छैन । जनताकै कुरा छ । जनताहरू चाहँदैनन् होलान् नि आफ्ना भएको सार्वजनिक सम्पत्ति कुनै व्यक्तिका निजी बनुन् । सरकारी सम्पत्तिको दुरुपयोग भएर कसैका व्यक्तिगत निजी महल बनुन् । जनता त्यो त चाहँदैन होला नि । यदि त्यसै चाहन्छ भने पनि सचेत गराउनु चाहिँ मेरो दायित्व हो ।

र यो पनि,

धर्ना बस्न पुगेका उपसचिव प्रहरी नियन्त्रणमा

हुँदैन हाकिम सा’व भनेपछि ब्यानर बेरेर यसरी प्रहरीको गाडीमा बसे उपसचिव पोखरेल(फोटो फिचर)

प्रतिक्रिया दिनुहोस