२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छोरीज्वाइँको हत्याका अभियुक्तलाई दश वर्ष कैद

अ+ अ-

सप्तरी । छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका–९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको हो । तिरहुत गाउँपालिका–१ त्रिकोल घर भई राजविराज नगरपालिका–५ स्वर्ण टोलमा डेरा गरी बस्ने २८ वर्षीय दीपेन्द्रकुमार मण्डलको हत्या आरोपमा उनका ससुरा रामदयाललाई १० वर्ष कैद सजायको फैसला भएको स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए।

हत्या आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेकी मृतककी श्रीमती २३ वर्षीया अञ्जना साहलाई भने अदालतले सफाइ दिएको छ । जिल्ला अदालतको आदेशमा रामदयाल र उनकी छोरी अञ्जना गत असार २७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।

दीपेन्द्रलाई गत जेठ २९ गते राति हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले दुवै जनालाई पक्राउ गरी कर्तव्यज्यानको मुद्दा चलाएको थियो ।

बालकद्वारा आत्महत्या

राजविराजमा बुधबार एक बालकले आत्महत्या गरेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा घर भएका कुलानन्द यादवका छोरा १६ वर्षीय गौतम यादवले आत्महत्या गरेको स्थानीयवासीले बताए ।

राजविराज नगरपालिका–३ स्थित रोशन साहको घरमा कोठा बहाल लिई बस्ने गरेका यादवले कोठाको सिलिङ पङ्खामा कपडाको गम्छाको पासो लगाई झुण्डी आत्महत्या गरेका हुन् । नजीकैको ह्याप्पी ल्याण्ड सेकेण्डरी माविमा कक्षा नौमा अध्ययनरत यादवले एकोहोरा प्रेम असफल भएका कारण आत्महत्या गरेको उनका साथीहरुले बताएका छन् ।

शव फेला

कञ्चनरूप नगरपालिका–५ पिप्रा पूर्वमा एक महिलाको झुण्डिएको अवस्थामा शव फेला परेको छ । स्थानीय कुशेश्वर चौधरीकी श्रीमती २५ वर्षीया माला चौधरीको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

घर पछाडिको बारीमा रहेको आँपको रूखको हाँगामा आफैँले लगाएको साडीको पासो लगाई झुण्डी मृत्यु अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक प्रतीक विष्टले बताए।