२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचखालमा एक हजार ७९ घर निर्माण

अ+ अ-

बनेपा । आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका पाँचखाल नगरपालिकाका बासिन्दालाई ह्याविट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एक हजार ७९ घर निर्माण गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, भवन विभाग र ह्याविट्याट फर ह्युमनिटी नेपाल गरी त्रिपक्षीय सम्झौतामा उक्त नगरपालिकाको १३ वटै वडामा विशेष गरी आर्थिक अभावका कारण भूकम्पले क्षति पुगेका घर पुनःनिर्माण गर्न नसकेकाका लागि घर निर्माण गर्न सहयोग गरेको संस्थाका जिल्ला कार्यक्रम अधिकृत सिमराज दनुवारले बताए । “हामीले सरकारले तोकेअनुसारको भूकम्प प्रभावितका लागि घर निर्माण गर्न नसकेकालाई घर निर्माण गर्नुका साथै अवस्था र आवश्यकताअनुसार नगद रु ५० हजार, सोही बराबरको थप सामग्री र सोही बराबरको मिस्त्री उपलब्ध गरी घर निर्माण गर्न सहयोग गरेका हौँ”, उनले भने ।

सो संस्थाले परियोजना कार्यान्वयन गर्नका लागि आर्किटेक्चर्स सान्स फ्रन्टियर्स नेपाल (एएसएफ नेपाल) लाई उपलब्ध गराएको रु १२ करोड तीन लाख २९ हजार बजेटमध्ये रु ११ करोड ५९ लाख ४८ हजारमा सो घर निर्माण गरी सम्पन्न गरेको जनाएको छ । नेपाल पुनःनिर्माण सहयोग कार्यक्रमअन्तर्गत परियोजना क्षेत्रभित्रका भूकम्पबाट प्रभावित घरधुरीको पुनःनिर्माण तथा पुनःस्थापना गर्नका लागि सहायता पुर्‍याउने उद्देश्यले सो कार्य सम्पन्न गरेको उनको भनाइ छ ।

पाँचखाल नगरपालिका–६ का वडाध्यक्ष रामशरण दुलालले आफ्नो वडामा भूकम्पले ध्वस्त बनाएका दनुवार बस्तीमा ८७ घर निर्माण गरी सहयोग गरेको बताए ।

विपन्न दुनवार बस्तीमा राज्यले उपलब्ध गराएको तीन लाखबाट मात्रै सो बस्तीमा घर निर्माण गर्न नसक्ने अवस्था रहेकामा पुनःनिर्माणको काममा सो संस्थाले ठूलो सहयोग पुर्‍याएको उनले बताए ।

सो नगरपालिका वडा नं १२ का वडाध्यक्ष गोपालबहादुर दनुवारले संस्थाको सहयोगमा वडाभित्र भूकम्प लाभग्राहीको घर निर्माणमा विदेशीबाट सहयोग गरिरहेको बताए । घर निर्माण गर्न बाँकी रहेकाका लागि जग हाल्ने डिपिसीदेखि गाह्रो लगाउनेलगायतका काममा स्वयंसेवी खटिएका छन् ।

वडा नं १२ बालुवाका कान्छा दनुवारले रकम अभाव र काम गर्ने मान्छे नभएका कारण घर निर्माण गर्न ढिलाइ भइरहेको अवस्थामा विदेशी स्वयंसेवी आएर घर निर्माणका लागि सहयोग गरेको बताए । रासस

प्रतिक्रिया दिनुहोस