गणेश मौनी । डोटी नेपाल प्रहरीले देशभरमा संचालनमा ल्याएको समुदाय प्रहरी साझेदारी अभियान कार्यक्रम डोटीमा तिव्र रुपमा संचालन भईरहको छ ।
समाजमा हुने गरेका लैंगिक हिंसा, घरेलुहिंसा, सामाजिक बिकृति विसंगतिको अन्य अपाराधिक गतिविधीलाई न्यूनिकरण गरि समुदाय संगको साझेदारीमा सभ्य समाज निमार्ण गर्ने उद्देश्यका साथ संचालनमा रहेको अभियानको तिब्रता संगै बस्तीस्तरमा रहेका स्थानीयहरुको चेतना अभिवृद्धि सहयोग पुगेको स्थानीय बासीहरु बताउछन् ।
नेपाल प्रहरीले समुदाय संग मिलेर समाजमा हुने अपाराधिका घटना हुनु भन्दा पहिले नै कसरी सर्तकता अपनाउन सकिन्छ भनेर विषयमा जनचेतना अभिबृद्धी गर्दै आईरहेको डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी टेक नारायण पौड्यालले बताए ।
उनले भने प्रहरीले अब जनचेतना अभिबृद्धी मात्र होईन हाम्रो समाजमा लुकेर रहेका त्यस्ता घट्न सक्ने घटनाहरुको अपराधिक तत्वहरुको पहिचान गरेर अग्रीम रुपमा घटना घट्न नदिन सर्तकर्ता अपनाउन जरुरी छ त्यसमा स्थानीय सरकार, स्थानीय बासीहरुले पुर्ण रुपमा सहयोग गर्नुपर्छ सरकारी संयन्त्र र स्थानीयबासी विच काधमा काध र हातमा हात मिलाउन सक्यांै भने असम्भब भन्ने कुरा केही छैन शान्त हिंसांरहित समाज निमार्ण हुन्छ ।
समुदायमा हुने अपराधीक गतिविधीलाई न्यूनिकरणगर्न सहयोग पुगोस भन्ने हेतुले हामी जनताको घरदैलोमा गएर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले बताए ।
उनले भने समाजमा शान्ति स्थापना गर्न, घरेलु हिसां, महिलाहिंसा लगाएका बिकृति बिसंगतिहरुको अन्यका लागि समुदाय, विद्यालय संगै मिलेर जनचेतनामुलक कार्यक्रमहरु गछौ । यसमा सबैको साथ सहयोग आवश्यक छ । विशेष गरि समुदायको सहयोग बिना नेपाल प्रहरीलेमा मात्र केही गर्न नसक्ने समेत बताए ।
गाउँपालिकामा प्रहरी चौकी स्थापना भईसकेपछी जाड रक्सी नियन्त्रण,शान्ति स्थापना पनि सहयोग पुगेको आदर्श गाउँपालिकाका अध्यक्ष टेक रोकायाले बताए । उनले भने हामीले पुर्ण रुपमा सभ्य हिंसा रहित समाज निमार्ण गर्न सकेका छैनौ प्रयासरत छौ सबै निकाए तह तप्काका ब्यक्तिहरुलाई सहयोग गर्न आग्रह समेत गरे ।
समाजमा रहेका विकृति बिसंगतीको अन्य गर्नका साथै सभ्य र शान्त समुदाय स्थापना गर्नका लागि समुदाय र विद्यालयहरुका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको सामुदायीक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष शिद्धराज जोशीले बताए ।
उनले भने प्रहरी र हामी मिलेर सभ्य समाज निमार्णमा लागेका छौ सबैले सहयोग गर्नुपर्छ सबैको सहयोग भए सम्भव छ । प्रहरीले पछील्लो समयमा जनचेतना मुलक अन्तरक्रियाका साथै नागरिकलाई सहायता पुगोस भन्ने हेतुले नेपाल प्रहरीको काम कर्तब्यका साथै कुनै अपराधीक घटना, प्रकोप जन्य घटना, कुनै दृघटना भईहाले प्रहरीलाई कसरी छीटो भन्दा छीटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा पनि टोलटोल, क्याम्पस, विद्यालयहरुमा पनि फोन नम्बरहरु बाड्दै जानकारी गराउदै आएको छ ।
सोमबार आदर्श गाउँपालिकाको आयोजना जिल्ला प्रहरी कार्यालयको समन्वयमा वडा नम्बर २ मौवानगर दहकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा सहभागि बोल्ने बत्ताहरुले नेपाल प्रहरीले गरेका सहानिय कामको चर्चा परिचर्चा गरेका थिए ।
भने केही स्थानीय स्तरमा हुने गरेका घटनाहरुको बारेमा , तत्काल देखिएका समस्याहरुको बारेमा उठान गरेका थिए ।
नेपाल प्रहरीले देश ब्यापी रुपमा जनसम्पर्क बढाउन समय समयमा विभिन्न अभियानहरु संचालन गर्ने गरेको छ । मुस्कान सहितको प्रहरी सेवा, टोलटोलमा प्रहरी, समुदायमा प्रहरी लगाएतका अभियानहरु संचालन गर्दै आईरहेको छ ।