इनारमा पुरिएका माझीको शव २६ घण्टापछि निकालियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

इनारमा पुरिएका माझीको शव २६ घण्टापछि निकालियो


प्रशासन संवाददाता

२८ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ । आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको सोमबार राति मृत अवस्थामा निकाल्न सकिएको हो ।

आइतबार इनारको रिङ हाल्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका माझीको सोमबार रातिमात्र मृत अवस्थामा उद्दार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिए । माझीको शव ३० फिट तलबाट निकालिएको उनले बताए ।

माटो निकै कमजोर भएको कारण उक्त घटना घटेपनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शव निकालेको हो । शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस