तरकारीको मूल्य निर्धारण नहुँदा उपभोक्ता मारमा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

तरकारीको मूल्य निर्धारण नहुँदा उपभोक्ता मारमा


प्रशासन संवाददाता

२७ फाल्गुन २०७५, सोमबार


सिरहा । तरकारीको बिक्री मूल्य निर्धारण गर्ने निकाय नहुँदा यहाँको बजारमा चर्को मूल्यमा उपभोक्ता तरकारी किन्न बाध्य छन् । व्यापारीले तरकारीको मूल्य आफैँ निर्धारण गरी बिक्री गर्दै आएकाले उपभोक्ता चर्को मूल्यमा तरकारी किन्न बाध्य भएका हुन् ।

मूल्य निर्धारण निकाय नहुँदा तरकारीको बजारअनुसार एकरुपता छैन । एकदेखि अर्को बजारमा मूल्य फरक पर्दा उपभोक्ताहरु तरकारी चर्को मूल्यमा खरीद गर्न बाध्य छन् ।

एउटा बजारमा रु ३० किलो पाइने प्याज अर्को बजारमा रु ३५ देखि ४० पर्ने गरेको लहान निवासी धुव्र सुवेदीले बताए। कृषि विकास कार्यालयका अनुसार लहान नगरपालिकामा २ तरकारी बजार छन् भने जिल्लाभरिमा तीन दर्जन ग्रामीण हाटबजार लाग्छन् । ती बजारमा तरकारीको मूल्यमा एकरुपता छैन ।

जिल्लामा बिर्तामोड, भैरवा, मकवानपुरलगायत क्षेत्रबाट तरकारी भित्रिने गरेको छ भने यहाबाट पनि काठमाडौँलगायत अन्य जिल्लामा मौसमी र बेमौसमी तरकारी निर्यात हुने गरेको छ । अधिकांश यहाँका बजारमा स्थानीय उत्पादनको तरकारी बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस