दिवाखाजा संचालन नगर्ने विद्यालयलाई कार्यवाही गर्ने मेयर सरावगीको चेतावनी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दिवाखाजा संचालन नगर्ने विद्यालयलाई कार्यवाही गर्ने मेयर सरावगीको चेतावनी


प्रशासन संवाददाता

२७ फाल्गुन २०७५, सोमबार


वीरगंज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सामुदायिक विद्यालयहरुलाई यथासिघ्र दिवा खाजा शुरु गर्न निर्देशन दिएका छन् ।  वीरगञ्ज महानगरपालिका वडा नं ९ स्थित रेल्वे माविमा दिवा खाजा कार्यक्रम शुरु गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन् ।

महानगरपालिकामा सञ्चालनमा रहेका कतिपय सामुदायिक विद्यालयले अझै दिवा खाजा कार्यक्रम सञ्चालन गरेका छैनन् । जसका कारण वीरगञ्जका बालबालिका खाजा सेवाबाट वञ्चित भईरहेका छन् । त्यसप्रति चिन्ता व्यक्त गर्दै महानगर प्रमुख सरावगीले दिवा खाजा कार्यक्रम यथासिघ्र शुरु गर्न निर्देशन दिएका हुन् ।

उनले खाजा कार्यक्रम शुरु नगर्ने विद्यालयलाई कारबाही गरिने चेतावनी समेत दिए । ‘कतिपय विद्यालयले खाजा कार्यक्रम शुरु नगरेको जानकारी मैले पाएको छु । भर्ना कार्यक्रमबाट ल्याईएका विद्यार्थीहरुलाई विद्यालयमा टिकाएर राख्न दिवा खाजा कार्यक्रम ल्याईएको हो ।’ उनले भने ‘दिवा खाजा शुरु नगर्ने विद्यालयलाई कारबाही हुन्छ ।’

बालबालिकालाई विद्यालयमा आर्कषित गर्ने उद्देश्यले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको दिवा खाजा शिक्षक प्रतिनीधि दिनानाथ रौनियारले बताए ।

त्यसैगरि विद्यालयमा सञ्चालनमा आएको पुस्तकालयको पनि नगर प्रमुख सरावगीले उद्घाटन गरेका रेल्वे माविका प्रधानाध्यापक दिनेश प्रसाद चौरसियाले जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्ष मनोज गुप्ता, वडा सदस्य दिलमायादेवी, राधादेवि तिवारी, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य वृजमोहन तिवारी, शिक्षिका प्रेक्षा श्रेष्ठ यादव लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस