२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिवाखाजा संचालन नगर्ने विद्यालयलाई कार्यवाही गर्ने मेयर सरावगीको चेतावनी

अ+ अ-

वीरगंज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सामुदायिक विद्यालयहरुलाई यथासिघ्र दिवा खाजा शुरु गर्न निर्देशन दिएका छन् ।  वीरगञ्ज महानगरपालिका वडा नं ९ स्थित रेल्वे माविमा दिवा खाजा कार्यक्रम शुरु गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन् ।

महानगरपालिकामा सञ्चालनमा रहेका कतिपय सामुदायिक विद्यालयले अझै दिवा खाजा कार्यक्रम सञ्चालन गरेका छैनन् । जसका कारण वीरगञ्जका बालबालिका खाजा सेवाबाट वञ्चित भईरहेका छन् । त्यसप्रति चिन्ता व्यक्त गर्दै महानगर प्रमुख सरावगीले दिवा खाजा कार्यक्रम यथासिघ्र शुरु गर्न निर्देशन दिएका हुन् ।

उनले खाजा कार्यक्रम शुरु नगर्ने विद्यालयलाई कारबाही गरिने चेतावनी समेत दिए । ‘कतिपय विद्यालयले खाजा कार्यक्रम शुरु नगरेको जानकारी मैले पाएको छु । भर्ना कार्यक्रमबाट ल्याईएका विद्यार्थीहरुलाई विद्यालयमा टिकाएर राख्न दिवा खाजा कार्यक्रम ल्याईएको हो ।’ उनले भने ‘दिवा खाजा शुरु नगर्ने विद्यालयलाई कारबाही हुन्छ ।’

बालबालिकालाई विद्यालयमा आर्कषित गर्ने उद्देश्यले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको दिवा खाजा शिक्षक प्रतिनीधि दिनानाथ रौनियारले बताए ।

त्यसैगरि विद्यालयमा सञ्चालनमा आएको पुस्तकालयको पनि नगर प्रमुख सरावगीले उद्घाटन गरेका रेल्वे माविका प्रधानाध्यापक दिनेश प्रसाद चौरसियाले जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्ष मनोज गुप्ता, वडा सदस्य दिलमायादेवी, राधादेवि तिवारी, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य वृजमोहन तिवारी, शिक्षिका प्रेक्षा श्रेष्ठ यादव लगायतको उपस्थिति रहेको थियो ।