२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एम्बुसमा परी घाइते कटुवाललाई आर्थिक सहयोग

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरमा एम्बुसमा परी घाइते भएका मीरा कटुवाललाई रु एक लाख आर्थिक सहयोग गरिएको छ । नेपाल–अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम आज काङ्ग्रेसका नेता प्रकाशमान सिंहले कटुवाललाई हस्तान्तरण गरे ।

कार्यक्रममा नेता सिंहले संविधानप्रदत्त प्रजातान्त्रिक अभ्यासअनुसार निर्वाचन हुँदै गर्दा कटुवालसहित कांग्रेसका नेतामाथि आक्रमण हुनु प्रजातान्त्रिक प्रणालीमाथिको आक्रमण भएको बताए । नेता सिंहले निर्वाचनका क्रममा घाइते भए पनि प्रजातान्त्रिक पद्धतिलाई अगाडि बढाउन कटुवालले गरेको भूमिका सराहनीय रहेको बताए ।

“शक्तिको पछाडि मात्र दगुरेर हुँदैन, लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित भएर राजनीति गरे काङ्ग्रेस अगाडि बढ्न सक्छ”, उनले भने । समाजलाई रूपान्तरण गर्न लोकतान्त्रिक प्रक्रियाको विकल्प नभएको उनको भनाइ छ । नेता सिंहले काङ्ग्रेस निर्वाचन समिति सहमतिको आधारमा निर्माण हुनुपर्ने बताए ।

घाइते कटुवालले आफ्नो दुःखमा पार्टी र साथीभाइले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । “खुट्टा गुमाए पनि म सँधैभरि पार्टी र आम जनताको पक्षमा काम गर्नेछु”, उनले भने ।

वि.सं. २०७४ मङ्सिर १३ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटारकोे आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा दनुवारबेँसी गाउँमा भएको विस्फोटमा परी काङ्ग्रेस उम्मेद्वार नारायणबहादुर कार्कीसहित कटुवाल एम्बुसमा परेर घाइते भएका थिए ।