२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपीकोइराला अस्पतालमा डिएनए र आरएनए परीक्षण

अ+ अ-

रत्ननगर । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ ।

अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए (डेक्सिबेरोन्युलिकिक एसिड) र आरएनए (रिबन्यूक्लिक एसिड) परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेशिन’ प्राप्त भएसँगै अस्पतालमा यससम्बन्धी परीक्षण गर्न सकिने भएको हो ।

यो उपकरणबाट एचपिभी १६ र १८ (ह्युमन प्यापिलोमा भाइरस) को सङ्क्रमणबाट हुने पाठेघर, मुख र लिङ्ग र रक्तक्यान्सरको स्क्रिनिङ गर्न सकिन्छ । यसअघि सारभाइकल क्यान्सरको नमूना पिसिआर ‘पोलिमर चेञ्ज रियाक्सन’को परीक्षण गर्न छिमेकी मुलुक भारत पठाउनुपर्ने अवस्था थियो ।

अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यका अनुसार उपकरणले क्यान्सर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने छ । ‘डिएन बेसको परीक्षणको सेवा शुरुआत गरिसकेका छौँ,’ उनले भने, ‘आरएनएन बेस जटिल भएकाले केही समयपछि मात्रै सेवा शुरु गर्छौं । यो उपकरणले क्यान्सरको उपचार तथा रोकथाममा विशेष सहयोग पुग्नेछ ।’

पाठेघर, मुख, लिङ्ग र रक्तक्यान्सर हुनुपूर्व एचपिभी डिएनए र आरएनएको स्क्रिनिङ गर्न सकिए क्यान्सरको निर्मूलीकरण र रोकथाम गर्न सकिने अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा सुदिना श्रेष्ठले बताए ।
उपकरणको प्रयोगले क्यान्सरको उपचार र रोकथामका क्षेत्रमा सहज हुने भएकाले क्यान्सरबाट हुने मृत्युदरमा कमी आउने उनले जानकारी दिए ।

क्यान्सर रोगीमा भएको एचपिभीको मात्र समयमै पत्ता लगाई खोप दिन सके यसको निदान हुन सकिने उनले बताए । नेपालका ५० प्रतिशत क्यान्सर रोगीको उपचार गर्दै आइरहेको यस अस्पतालमा एचपिभी भाइरसबाट लाग्ने क्यान्सरका रोगीहरु ४० प्रतिशतभन्दा बढीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस