२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विस्फोटको विरोधमा देशभरका म्यानमावर कम्पनी बन्द

अ+ अ-

काठमाडौं । बम विस्फोटको विरोधमा आज देभरका म्यानपावर कम्पनी बन्द गरिएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा आज म्यानपावर कम्पनीहरु बन्द गरिएका हुन् ।

अध्यक्ष गुरुङको घरमा पार्किङ गरी राखिएको कारमा शुक्रबार विस्फोट गराईएको घटनाको विरोध गर्दै देशभरका एघार सय भन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएको जनाइएको छ । विस्फोटका कारण अध्यक्ष गुरुङको घरमा पार्किङ गरी राखिएको कार पूर्ण रुपमा क्षति भएको थियो । घरमा आगलागि भएर ढूलो नोक्सान भएको थियो ।

विस्फोटको कारण विप्लव समूहले मागेको आर्थिक सहयोग हुनसक्ने बताइएको छ । घटनाको जिम्मेवारी पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको जनाइएको छ । चन्द नेतृत्वको युवा संगठन नेपालले जारी गरेको विज्ञप्तिमा गुरुङले मानव तस्करी गरेको र पटक पटक रोक्ने चेतावनी दिँदासमेत नमानेको हुँदा घटना घटाइएको उल्लेख छ ।

युवा संगठन नेपालको मध्य केन्द्रीय कमान्डका सचिव शिशिरद्वारा जारी विज्ञप्तिमा भनिएकोे छ, ‘सांकेतिक कारबाहीको प्रवाह नगरी अझैपनि वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै ठगी गर्ने, वैदेशिक रोजगार व्यवसायी महास‌ंघको नेतृत्व गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मानव तस्करी गर्नेजस्ता कामहरु बन्द नगरिएमा योभन्दा अझै बढी सशस्त्र कारबाही गर्न बाध्य हुनेछौं ।’

प्रतिक्रिया दिनुहोस