जेसीबीले किच्दा मृत्यु, चालक फरार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जेसीबीले किच्दा मृत्यु, चालक फरार


२६ फाल्गुन २०७५, आइतबार


बैतडी । बैतडीमा  जेसीबीले किच्दा शनिबार बेलुका एकको मृत्यु भएको छ । मृत्यु हुने पाटन नगरपालिका–२ का १९ वर्षीय पूर्णानन्द पाण्डेय रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

शनिबार बेलुका ५ बजेतिर क्याम्पस लाइनमा बाटोमा पैदल हिँडिरहेका पाण्डेयलाई विमानस्थलतर्फ गइरहेको जेसीबीले किच्दा उनको घटनास्थलमै मृत्यु भएका हो । पाण्डेयको शव परीक्षण लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

मृतक पाण्डेय पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्टिच्युटमा आइएसी एजीमा अध्ययनरत रहेका थिए । ठक्कर दिने चालक रतन बुढा फरार रहेका छन् । फरार चालकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस