२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वयंसेविकालाई छ हजार प्रोत्साहन भत्ता

अ+ अ-

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिएको छ । गाउँपालिकाभरिका ८७ महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजारका दरले रु पाँच लाख २२ हजार रकम वितरण गरिएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए ।

गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई रु पाँच हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष रु एक हजार थप गरेर छ हजार पुर्‍याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पुर्‍याएको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता दिइएको उनले बताए।

महिला स्वास्थ्य स्वयंसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । नागरिकका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेका छन् । स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताए ।

गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाले गत वर्षबाट प्रोत्साह भत्ता पाइरहेका छन् । गाउँपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा स्वास्थ्य स्वयंमसेविका धेरै खुशी भएका श्रीकोट स्वास्थ्यचौकीका महिला स्वयंमसेविका गोमती विष्टले बताए । गाउँपालिकाले आफूहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदा धेरै सजिलो भएको अर्की स्वास्थ्य स्वयंसेविका जयन्ती ऐरीको भनाइ छ ।

महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत कुरामा सहयोग गर्दै आइरहेका छन् । गाउँपालिकाका आठ वडामा ८७ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । बैतडीका १० स्थानीय तहमा ८३२ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस