काठमाडौं । मनाङको हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक वेपत्ता भएका छन् । मनाङको क्याङ्दीमा हिम पहिरो जाँदा एक जना नेपालीको मृत्यु भएको हो भने एक विदेशी नागरिक वेपत्ता भएका हुन् ।
मृत्यु हुनेमा धादिङका अजय ढकाल रहेका छन् । हराएका विदेशी नागरिक नेदरल्याण्डका भिनसेन्ट ब्लुम हुन् । ढकाल ब्लुमको ट्रेकिङ गाइडमा गएका थिए । अन्नपूर्ण पदयात्रामा दुई जनामात्रै निस्किएका थिए ।
माङको निस्याङ गाउँपालिकाङ–१ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । ढकालको शव शुक्रबार साँझ फेला परेको र पोष्टमार्टम गरेर शनिबार आफन्तको जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ ।
विदेशी नागरिक भिनसेन्ट भने झै बेपत्ता रहेकोले खोजिकार्य जारी रहेको छ ।