सिके राउतलाई पार्टीमा प्रवेश गराउने विषयमा नेकपा सचिवालयकाे आकस्मिक बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिके राउतलाई पार्टीमा प्रवेश गराउने विषयमा नेकपा सचिवालयकाे आकस्मिक बैठक


प्रशासन संवाददाता

२४ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । मधेसलाई अलग्गै राज्य बनाउने भन्दै पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतलाई पार्टीमा प्रवेश गराउने विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रुपमा सचिवालय बैठकमा बोलाएको हो ।

विखण्डनवादी अभियान सञ्चालन गर्दै आएका राउतलाई पार्टीमा दिने जिम्मेवारीबारे निर्णय गर्न सचिवालय बैठक बोलाएको बताइएको छ। प्रधानमन्त्री ओली र राउतले संयुक्त रुपमा आज एउटै मञ्चबाट सम्वोधन गर्ने कार्यक्रम तय भएको छ।

राउत विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस