२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुखी नेपाली, समृद्ध नेपालका लागि महिलाहरूको जीवनस्तरमा परिवर्तन जरुरी – प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त व्यक्त गरेका छन् । उनले महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवर्द्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नु हुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वहरूको स्मरण गरेका छन् ।

परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पौराणिक कालदेखि प्रचलित ‘यत्र नार्यस्तु पुज्यते तत्र रमन्ते देवता’ भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्साएको बताएका छन् । ‘तर नारीलाई पूजा गर्दा ईश्वर पनि खुसी हुने विश्वासमा रहेको नेपाली समाजमा आज पनि कतिपय कुरीति चुनौतीका रूपमा रहेका छन्’ जारी विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ हामीले धार्मिक ग्रन्थहरूमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बिचमा विद्यमान खाडल पुर्न सक्नै पर्दछ ।’

उनले हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादती, छाउपडीजस्ता कुरीतिका साथै यौन दुर्व्यवहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौती दिई रहेको समेत बताएका छन् ।
‘अब हामीले विलम्ब नगरी विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्न सक्नु पर्दछ’ प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्रीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै सङ्घीय संरचनामा महिलाहरूको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्य रूपमा वृद्धि भएकोमा खुसी व्यक्त गर्दै मातृ मृत्यु दरमा सुधार, महिलाको कुल साक्षरता दरमा वृद्धि तथा उनीहरूको आर्थिक सशक्तीकरण भइरहेको तथ्याङ्कहरूले देखाएको बताएका छन् ।

पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानुनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिन थालेका उल्लेख गर्दै राज्यका विभिन्न अङ्गहरूमा महिलाहरूको सहभागिता बढ्दै गएको छ प्रधानमन्त्री ओलीको भनाई छ ।

महिला र पुरुषबिच सार भूत समानता कायम गर्न नीतिगत, संस्थागत तथा कार्यक्रमगत प्रयास हँदाहँुदै पनि समाजमा कुनै न कुनै परिमाणमा पितृसतात्मक सोच कायमै रहनु र महिलालाई विकासका सबै चरणहरूमा सार भूत सहभागिता गराउन नसक्नु हामीले परास्त गर्नै पर्ने चुनौतीहरू रहेको प्रधानमन्त्रीले बताएका छन् । ‘आज पनि लैङ्गिक हिंसा तथा गरिबीको प्रभाव महिलाहरूमा बढी परेको देखिन्छ । यस्तो अवस्थामा परिवर्तन गर्नु परेको छ,’ प्रधानमन्त्रीको भनाइ छ,‘आधा आकाश र आधा धर्ती ओगट्ने महिलाहरूको जीवनस्तरमा सार भूत परिवर्तन नहुँदासम्म ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प साकार हुन सक्दैन । त्यसैले महिला सशक्तीकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तहले आ-आफ्नो स्थानबाट नयाँ सोचका साथ नीति योजना र कार्यक्रम तय गरी लागू गर्ने छन् भन्ने कुरामा म विश्वस्त छु ।‘