२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शोकलाई शक्तिमा बदल्न नेकपाका अध्यक्षद्वयको आग्रह

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले दिवङ्गत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको योगदानको स्मरण गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन् ।
नेकपाद्वारा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री अधिकारी र हवाई दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित अन्य सात जनाले आफ्ना जीवन कालमा पुर्‍याएको योगदान स्मरण गरे ।

दुवै अध्यक्षद्वयले सभामा भरतमोहन, रवीन्द्रजस्ता कम्युनिष्ट आन्दोलनलाई हाँक्न सक्ने नेता, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवक कर्मचारी गुमाएकामा दुःखसमेत व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले दिवङ्गत भएकाहरुको राष्ट्र निर्माणका बाँकी कार्य पूरा गरिने र दिवङ्गतका परिवारलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘उनीहरुका पारिवारिक अवस्था कस्तो छ र जीविका चलाउन के गर्न सकिन्छ । उनीहरुले सञ्चालन गरेको व्यवसायलाई सरकारले के सहयोग गर्नुपर्दछ भनेर जानकारी लिइरहेका छौँ ।’

अध्यक्ष ओलीले भरतमोहन मिलनसार, कडा शब्द प्रयोग गर्न नचाहने र काममा विश्वास गर्ने नेताका रुपमा आफूले पाएको बताए । भरतमोहन छ दशकभन्दा नेपालको लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा सहभागी भएका नेताका रुपमा आफूले पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सजिलोमा मात्र नभई अप्ठ्यारो परिस्थितिमा पनि निरन्तर कम्युनिष्ट नेता र कार्यकर्ताका रुपमा उनी कम्युनिष्ट अभियन्ताका रुपमा लाग्नुभएको धारणा राखे ।

प्रधानमन्त्री ओलीले रवीन्द्रले सम्हालेको मन्त्रालयमा एक वर्षमा अगाडि बढाइएका असाधारण एवम् काम बिर्सन नसकिने र कसैले उपेक्षा गर्न नसक्ने बताए । उनले शेर्पाले छोटो समयमा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय काम गरेको स्मरण गरे। उनले दिवङ्गत भएका सबैको चाहना लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई समृद्ध गर्ने रहेको र निष्ठापूर्वक काम गरेको बताए ।

अर्का अध्यक्ष दाहालले पार्टी यतिबेला शोकमा डुबेकाले शोकलाई शक्ति र ऊर्जामा बदली उहाँहरुको सपनालाई साकार पार्नुपर्ने बताए । ‘शोकमा परेको बेला राष्ट्र निर्माणमा नयाँ सङ्कल्प गर्‍यौँ भने मात्र दिवङ्गतप्रति सच्चा सम्मान हुनेछ’, उनले भने, ‘हामी रोएर मात्र पीडा व्यक्त गर्न सक्दैनौँ । हामीले उनीहरुले गरेका राम्रा कामबाट सामूहिक सङ्कल्प गरेर नयाँ ऊर्जा लिई समाजको अग्रगति तथा प्रगतिको निम्ति शोकलाई शक्तिमा बदल्ने सक्नुपर्दछ ।’

पूर्वप्रधानमन्त्री दाहालले दिवङ्गत व्यक्तिहरुले लाखौँ मानिसलाई उद्वेलित र तरङ्गित पार्ने गरी तथा धेरै लामो समयसम्म छाप छाड्ने गरी मुलुकका लागि भूमिका निर्वाह गरेको बताए । ‘उनीहरुको निधन पहाडभन्दा गह्रुङ्गो र कहिल्यै नमर्ने खालको छ’, उनले भने, ‘उनीहरुको निधनले कस्तो जीवनमा आफूलाई लैजाने भनेर सोच्न समेत पे्ररित गरेको छ ।’ उनीहरुको अभावमा देशले नेपालको कम्युनिष्ट आन्दोलन र समग्र आन्दोलनले कति ठूलो क्षति व्यहोरेको छ भन्ने कुरा आउने दिनमा हामी सबैले महसुस गर्दै जाने बताए ।

कम्युनिष्ट आन्दोलनको अभिभावक रुपमा भरतमोहन र समाजको रुपान्तरणको निकै ठूलो आशा भरोसा गरेको नेताका रुपमा रवीन्द्र रहेको आफूले पाएको उनको धारणा थियो । ‘लाखौँ लाख युवाले आफ्ना लागि ऊर्जाका रुपमा रवीन्द्रलाई लिएका थिए’, उनले भने, ‘उनीहरुको निधन अकल्पनीय रुपमा भएको छ, आउने दिनमा हामीलाई उनीहरुको अभाव हुँदै जानेछ ।’

पार्टी महासचिव विष्णुप्रसाद पौडेलले दिवङ्गत भएकाहरुलाई परेको शोक परिवारका सदस्यलाई मात्र नभई पार्टी र सरकारलाई पनि परेको बताए । सभामा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत उपस्थित रहेको थियो । सभामा दिवङ्गतहरुको तस्वीरमा फूलमाला अर्पण गरिएको थियो । सभामा दिवङ्गत भएका परिवारका सदस्यसमेत सहभागी थिए ।