२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोहोरो अङ्कले बढ्यो शेयर बजार

अ+ अ-

काठमाडौं । लामो समयपछि शेयर बजारमा उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको हो ।

नेप्से परिसूचक कूल १६ दशमलव शून्य एक बिन्दुले बढेर एक हजार १२७ दशमलव ७७ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४३ बिन्दुले बढेर २३९ दशमलव ७२ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १७४ कम्पनीको ११ लाख ६८ हजार ३०४ कित्ता शेयर रु २९ करोड ३९ लाख ३८ हजार २०३ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये अनुत्पादन समूहको मात्रै शेयर घटेको छ ।

सो उपसमूहको शेयर १८ दशमलव ६९ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १३ दशमलव ९२, होटल शुन्य दशमलव चार, विकास बैंक १७ दशमलव ९१, जलविद्युत् १७ दशमलव शुन्य चार, वित्त चार दशमलव ४१, निर्जीवन बीमा १०५् दशमलव २४, अन्य पाँच दशमलव ७३, लघुवित्त २२ दशमलव ११ र जीवन बीमा १५९ दशमलव ३२ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ९९ लाख २७ हजार १९०, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु १ करोड २८ लाख २८ हजार ५२६, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु एक करोड ७ लाख ६४ हजार ५३८, प्रभु बैंक रु एक करोड ४ लाख ६७ हजार ५३५ मूल्यमा अगाडि रहे ।

स्टकका अनुसार पूर्णिमा विकास बैंकका शेयरधनीले नौ दशमलव ९४ प्रतिशतले कमाएका छन् । यस्तै राधी विद्युत् कम्पनी ८ दशमलव ९२, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ८ दशमलव शुन्य नौ, नेशनल हाइड्रोपावर कम्पनीका शेयरधनीले ८ दशमलव शुन्य छ प्रतिशतले कमाएका छन् ।

यस्तै घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले चार दशमलव ६७, सेन्ट्रल फाइनान्स कम्पनी ४ दशमलव ४६, कञ्चन डेभलपमेन्ट बैंक ३ दशमलव ८२ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले एक दशमलव ९८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस