इन्डोनेसियाको सुन खानी दुर्घटना, मृत्यु हुनेको संख्या २७ पुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

इन्डोनेसियाको सुन खानी दुर्घटना, मृत्यु हुनेको संख्या २७ पुग्यो


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


जकार्ता । मध्य इन्डोनेसियाको एक सुन खानीमा भएको दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २७ पुगेको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ ।

एजेन्सीका अधिकारीहरुले अरु व्यक्तिको खोज तथा उद्धारको कार्य अन्त्य भएको पनि जनाएका छन् । उद्धारकर्मीलाई सुन खानीको भित्री भागमा पुगेर खोज तथा उद्धारका कार्य गर्न कठिनाई भएपछि उद्धार कार्य स्थगित गरिएको हो ।

बोलाङ मन्गोन्डो जिल्लाका विपद् व्यवस्थापन एजेन्सीका प्रमुख ह्यारिस डिलापाङ्गाले सुन खानीभित्र कति मजदूर थिए भन्ने अझै टुङ्गो नलागेको जानकारी दिए ।

बिना अनुमति सञ्चालित उक्त सुन खानीमा गत फेब्रुअरी २६ मा दुर्घटना भएको थियो । उक्त खानीबाट १८ जना मजदूरलाई भने उद्धार गरिएको र उनीहरु विभिन्न चोटपटकबाट सख्त घाइते भएका छन् ।

एजेन्सीका अनुसार, खानीको कमजोर पूर्वाधार तथा कमजोर भूबनौटभित्र लामालामा सुरुङ खनिएका कारण इन्डोनेसियामा बारम्बार खानी दुर्घटना हुने गरेका छन् ।

इन्डोनेसिया सरकारले अवैधानिक सुन खानीमाथि प्रतिबन्ध लगाएको छ, तर देशका दुर्गम स्थानहरुमा सुन खानी निर्वाध रुपमा सञ्चालन हुने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस