२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेताहरूको ढोका चहार्ने व्यवहारको अन्त्य गर्ने उद्देश्यमा लागेको छु -मन्त्री पण्डित

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेताहरूको ढोका चहार्ने व्यवहारको अन्त्य गर्ने उद्देश्यमा लागेको बताएका छन् ।

३३औं आधारभूत प्रशासन प्रशिक्षण(प्रशासन समूह) समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री पण्डितले देशमा प्रणाली स्थापना गरेर नेताहरूको ढोका चहार्ने व्यवहारको अन्त्य गर्ने उद्देश्यमा आफू लागेको बताएका हुन् ।

उनले सेवा, देश, कर्तव्य, सदाचार र जनता बुझाउने कार्यमा लाग्ने बताएका छन् ।

दीक्षित प्रशिक्षार्थी अधिकृतहरूलाई शुभकामना दिँदै समायोजित भएर जाने कर्मचारीको खुसीयालीसँगै आफू पनि खुसी भएको बताएका छन् ।

‘जुन खुसी साथ जाँदै हुनुहुन्छ, म पनि त्यतिकै खुसी छु’ मन्त्री पण्डितले भने, ‘तपाइहरूको अठोट कहिल्यै नमरोस् भन्दै देशमा भएको परिवर्तन लाइ आत्मसाथ गर्दै तपाइहरूलाई कार्यक्षेत्रमा समायोजन गरी पठाउन लागिएको हो’

मन्त्री पण्डितले संविधानले देखाएको कार्यदिशा अन्तर्गत नै रहेको भन्दैवृत्तिविकाशको सबै ढोका प्रस्तावित ऐनमा खुला राखिएको छ र सेवा सुविधा घटाएर प्रदेश सरकार र स्थानीय सरकारले दिन नपाउने बताए ।

उनले ट्रेड युनियनको सहयोग नीति निर्माण बाहेक अन्य कुनै पनि कार्यमा नलिइने बताउँदै काम नगर्ने राष्ट्रसेवक अब राष्ट्रसेवक हुन नसक्ने बताए ।

कामको आधारमा पुरस्कृत गर्ने र दण्डित गर्नु पर्नेलाई दण्डित गर्ने प्रणाली सुरु भैसकेको र गल्ती वा अपराध गर्ने सबैले दण्ड सजाय भोग्नु पर्ने अवस्था रहने बताउँदै मन्त्री पण्डितले युवा जोस, जाँगर प्रविधियुक्त समूहबाट आफू पुरा आशावादी रहेको बताए

प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले देशको शासन प्रशासन व्यवस्थामा सदाचार र इमान्तारिताको खाँचो रहेको बताउँदै ती विकृतिहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने बताए ।

‘सफलता र असफलता कार्यसम्पादन र कार्यक्षेत्रमा मूल्य मान्यतालाई कसरी उतारिन्छ त्यसैमा भर पर्दछ’ निर्देशक न्यौपानेले भने ।

प्रतिष्ठानका वरिष्ठ निर्देशक तथा सार्वजनिक सेवा प्रशिक्षण विभागका विभागीय प्रमुख नारायण गोपाल मलेगोले दीक्षित हुने प्रशिक्षार्थीहरूले आधारभूत प्रशिक्षणका साथै सेवागत विशिष्टिकृत प्रशिक्षण पनि प्राप्त गरेको बताउँदै यो अवधिमा सिकेका ज्ञान तथा सीपहरूले जीवन पद्धतिमा थप ऊर्जा दिएको बताए ।

उनले ज्ञान र सिपले क्षमता पनि वृद्धि गरेको र त्यसलाई व्यवहारगतरुपमा कार्यक्षेत्रमा उतार्दै सङ्घीयता कार्यान्वयन गर्ने महत्त्वपूर्ण जिम्मेवारी लिएर निजामती सेवाको इमेजलाइ परिवर्तन गर्ने अभिभारा काँधमा आएको बताए ।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीको तर्फबाट बोल्दै लक्ष्मी मरासिनीले प्रशिक्षणका क्रममा पाएको विषयगत ज्ञानले ज्ञानको दायरा फराकिलो बनाएको बताउँदै त्यसले आफूलाई रूपान्तरणको अवसर दिएको बताइन् ।

प्रतिष्ठानको समय व्यवस्थापन र अनुशासन, लैङ्गिक मैत्री व्यवहार अन्य सरकारी कार्यालयले पनि सिक्न लायक रहेको बताउँदै उनले भनिन्- ‘नैतिक मूल्य र मान्यतालाई पनि विषयगत कार्यक्रममा राखिनु पर्दछ ।’

सहभागी प्रशिक्षार्थीको तर्फबाट बोल्दै अर्का प्रतिनिधि कृष्ण प्रसाद पराजुलीले प्रशिक्षणको कार्यक्रमले आफूलाई ज्ञान, सीप र व्यवहारलाई बढाउन मात्र सहयोग पुर्‍याएको नभई कार्यस्थलमा त्यो ज्ञानलाई परिवर्तन गराउन पनि सिकाएको बताए ।

अतिरिक्त क्रियाकलापहरूले आफ्नो दैनिक जीवनलाई सकारात्मक परिवर्तन ल्याउन र देशदर्शनको कार्यक्रमले देश, समाज र सेवा प्रवाहको अवस्थालाई बुझ्न सहयोग पुर्‍याएको बताउँदै पराजुलीले भने -‘हामी हाम्रा मूल्य मान्यता प्रति प्रतिबद्ध रहँदै सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पुर्‍याउन सहयोग पुर्‍याउने छौ ।’