विद्युत् चोरीको आरोपमा सात पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विद्युत् चोरीको आरोपमा सात पक्राउ


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


राजविराज । हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा आज सात जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानबाट विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट १ थान पानी तान्ने मोटर, १ थान साउन्ड बक्स र १ थान पङ्खा पनि बरामद गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिए ।

विद्युत् ऐनअनुसार उनीहरुबाट रु १५ हजार ५०२ जरिवाना असुल गरी कारवाही गरेको पनि उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस