राष्ट्रपति भण्डारी मनकामनामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति भण्डारी मनकामनामा


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी गोरखाको मनकामना मन्दिरमा पूजा अर्चनाका लागि पुगेकी छन्।

बिहीबार दिउँसो हेलिकोप्टरबाट मनकामना पुगेकी भण्डारीले प्रसिद्ध धार्मिक स्थल मनोकामना मन्दिरमा पूजा अर्चना गरेकी छिन्।

२०७२ वैशाख १२ मा गएको भूकम्पबाट क्षति पुगेको मनकामना मन्दिर करिब १४ करोडको लगानीमा पुनर्निर्माण सकिएसँगै भक्तजनका लागि खुला गरिएको छ।

सरकारी सहयोग र भक्तजनबाट उठाइएको चन्दाबाट मन्दिरको पुनर्निर्माण गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस