सरकार र आन्दोलनरत शिक्षकबीच तीन बुँदे सहमति, आन्दोलन फिर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकार र आन्दोलनरत शिक्षकबीच तीन बुँदे सहमति, आन्दोलन फिर्ता


२३ फाल्गुन २०७५, बिहिबार


काठामाडौं । आन्दोलनरत राहत शिक्षक र सरकारबीच तीन बुँदे सहमति भएको छ । सहमति पछि शिक्षकहरुले आन्दोन फिर्ता लिएका छन् । बुधबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रालयका अधिकारी र आन्दोलनरत शिक्षकबीच तीन बुँदे सहमति भएको हो ।

सहमतिकोृ पहिलो बुँदामा सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटामा नियुक्त शिक्षक र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक÷ खुल्ला प्रतियोगितात्मक परीक्षाबाट एकपटकका लागि स्थायीको प्रक्रियामा लैजाने र त्यस्ता शिक्षकलाई १ पटकका लागि उमेर हद नलाग्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

त्यस्तै मन्त्रालय र शिक्षकबीच आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउने सहमति पनि भएको छ । आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा केही शिक्षक घाइते भएका थिए ।

सहमतिको तेस्रो बुँदामा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेर शिक्षकहरु पठनपाठमा फर्कने उल्लेख गरिएको छ ।

शिक्षा ऐनमा देशभरका ४० हजार राहत शिक्षकलाई दरबन्दीमा परिणत गरी ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक प्रतियोगिताद्वारा पूर्ति गर्ने प्रस्ताव सरकारले गरेपछि स्वतः स्थायी माग गर्दै देशभरका राहत, अस्थायी, करार र बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस