एक दिवसिय क्रिकेटमा भारतको अग्रता, अष्ट्रलियालाई आठ रनले हरायो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एक दिवसिय क्रिकेटमा भारतको अग्रता, अष्ट्रलियालाई आठ रनले हरायो


२२ फाल्गुन २०७५, बुधबार


काठमाडौं । दोस्रो एक दिवसीय क्रिकेटमा भारतले अग्रता कायम गरेको छ । भारतले अष्ट्रेलियालाई आठ रनले पराजित गर्दै आफ्ना आग्रता कायम गरेको हो ।

मंगलबार राति भएको खेलमा २५१ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २४२ रन मात्रै बनाउन सक्यो ।

अष्ट्रेलियाका मार्कस स्टोइनिसले ५२, पिटर हृयाण्ड्स्कम्बले ४८, उस्मान खवाजाले ३८ र कप्तान एरोन फिन्चले ३७ रन बनाए पनि जीत दिलाउन सकेनन् । भारतका लागि कुलदीप यादवले ३ र जस्प्रित बुम्राह र बिजय शंकरले समान २–२ विकेट लिए ।

यसअघि भारतले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा २५० रन बनाएको थियो । भारतको लागि कप्तान विराट कोहलीले ११६ रन बनाउँदै शतक पूरा गरेका थिए । अष्ट्रेलियाका पट कुमिन्सले ४ विकेट लिएका थिए । यो जीतसँगै भरातले पाँच खेलको एकदिवसीय सिरिजमा २–० को अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस