राष्ट्रपतिसँग शिष्टाचार भेट « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपतिसँग शिष्टाचार भेट


प्रशासन संवाददाता

२१ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको तोबियास फ्लुगेर नेतृत्वको जर्मनीको संसदीय प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरेको छ ।

त्यस अवसरमा उनीहरूबीच नेपाल र संघीय गणतन्त्र जर्मनीबीचको सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी तथा नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड शेफेरको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस