संरक्षित वन्यजन्तु जरायोको सिङसहित पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संरक्षित वन्यजन्तु जरायोको सिङसहित पक्राउ


प्रशासन संवाददाता

२१ फाल्गुन २०७५, मंगलबार


घुससहित रंगेहात पक्राउ

काठमाडौँ  । हानगरीय प्रहरी परिसर ललितपुरले संरक्षित वन्यजन्तु जरायोको सिङसहित ललितपुर महानगरपालिका–९ भोल्ढोका बस्दै आएका गोकुल विश्वकर्मालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

विश्वकर्माको डेराकोठाबाट लुकाएर राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने ठूलो वस्तु ८ वटा र सानो सिङ जस्तो देखिने २ वटा, पित्तलजडित शङ्ख एक वटा, बीचमा प्वाल रहेको गोलाकार सिक्का पैसा पाँच वटा बरामद भएको परिसरले जनाएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

परिसर र महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको संयुक्त टोलीले कानूनअनुसार खोजतलासी गरेको उनले बताए । विश्वकर्मालाई आवश्यक अनुसन्धान र कारवाहीका लागि जिल्ला वन कार्यालय पठाइएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस