आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते


प्रशासन संवाददाता

२१ फाल्गुन २०७५, मंगलबार


आगलागी

म्याङलुङ । तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ ।

आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हुँदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिए ।

आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीयवासीले बताएका छन् ।

आगलागी के कारणबाट भयो भनेर अनुसन्धान भइरहेको सूचना अधिकारी गौतमले बताए । आगलागीबाट १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस