काठमाडौं । सुगौली सन्धीबारे संसदमा छलफल गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले माग गरेको छ । नेपालले गुमाएको ५७ हजार ७३६ वर्गा किमी भूमि फिर्ताका लागि यसबारे छलफल गर्न मोर्चाले माग गरेको हो ।
ग्रेटर नेपाल राष्ट्रवादी मार्चाले एक विज्ञप्ति जारी गर्दै नेपाल र बेलायत बीच सन् १९५० अक्टोबर ३० मा भएको सन्धिको प्रस्तावना र धारा ८ अनुसार सुगौली सन्धि रद्द भइसेकेको उल्लेख गरेको छ । यस्तै नेपाल र भारत बीच सन् २९५० जुलाई ३१ मा भएको शान्ति र मैत्री सन्धिको धारा १ र ८ अनुसार सुगौली सनिध रद्द भैसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘विज्ञप्तिमा भनिएको छ, सन् १८१६ मार्च ४ मा सुगोली सनिधमा हस्ताक्षर गरेयता २०३ वर्ष वितिसकेका छन् । बेलायतले सन् ११९४७ र १९४८ मा दक्षिण एसियाली क्षेत्र छाडेपछिको समयको गणना गर्ने हो भने पनि ७३ वर्ष वितिसकेका छन् । यति लामो अन्तरालमा विशवबाट उपनिवेशको अन्त्य भइसकेको भए पनि नेपालले ५७७३६ वर्ग किलोमिटर क्ष्ेत्रमा सन् १९४७ अगस्त १५ देखि भारतीय उपनिवेश कायम रहँदै आएको छ ।’
मोर्चाले विगत १५ वर्षदेखि सुगौली सन्धि पूर्वको नेपाली भूमिमा भारतले कायम गर्दै आएको उपनिवेशको माग गर्दै आएको छ । ‘‘आज नेपालले तत्कालीन राजप्रतिनिधि मार्फत मकवानपुर छाउनीमा बेलायती प्रतिनिधिलाई सुगौली सन्धिको प्रति बुझाएको दिन यसको बैधतामाथि केही अहम् प्रश्नहरु उठाउादै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाल सरकारसमक्ष सो सन्धिपूर्वको जमिन फिर्ता लिन आग्रह गर्दछ ।’’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘‘माथिका सन्दर्भहरूबाट नेपाल र भारतबीच सुगौली सन्धि कायम रहनु अवैध हो र सुगौली सन्धि बेलायत सँग भएको हुँदा भारतसँग मान्य हुने कुनै आधार रहँदैन । तसर्थ हामी सर्वसाधारण नेपाली नागरिकहरू के ? कति कारणले ५७७३६ वर्ग किलोमिटर नेपाली भूमि भारतको कब्जामा रहेको हो भन्ने जान्न उत्सुक छौँ । यो विषयमा सरकार मौन रहनुको कारण जान्न पाउनु सार्वभौमसत्तासम्पन्न नेपाली जनताको अधिकार हो । तसर्थ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यो विषयलाई सार्वभौम संसदमा लगेर बहस र निर्णय गरियोस् भन्ने माग गर्दछ ।’’
हेर्नुस विज्ञप्ति :