२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वर्षमा वैदिक राष्ट्रको आधार बनाइने

अ+ अ-

काठमाडौं । तीनदेखि चलेको अन्तर्राष्ट्रिय वैदिक एवं आधुनिक विज्ञान महासम्मेलनले ध्यान, योगका माध्यमबाट देशमा सात्विक शक्तिको विस्तार गरी ५ वर्षभित्र वैदिक राष्ट्रको आधार तय गर्ने निष्कर्ष निकालेको छ ।

नेपाल महर्षि वैदिक फाउण्डेशन, नेपाल महर्षि फाउण्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेसन फर वैदिक इण्डियाको संयुक्त आयोजनामा भएको तीनदिने महासम्मेलनले सात्विक गुण बढाउन नेपालको जनसङ्ख्याको एक प्रतिशतलाई नियमित ध्यान गराउने वातावरण बनाउने गरी देशभर वैदिक ज्ञानका रुपमा ध्यानसहित सिद्धि कार्यक्रम फैल्याउने घोषणा गरेको छ ।

महासम्मेलन समापनमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालमा वैदिक र आधुनिक विज्ञानको अध्ययन अनुसन्धान केन्द्र स्थापना गरिनुपर्ने बताए ।

‘मानिसभित्रको विकार फाल्नलाई दैनिक ध्यान, यो साधना गर्ने वैदिक परम्परालाई पुनःस्थापना गर्न सके धेरै समस्याको समाधान हुन्छ, हालै नेपालीमा अनुवाद भएको स्कन्द पुराणको मानसखण्डमा मानसरोवरबाट तलको नेपाली भागमा धेरै पीठ एवम् धाम रहेको तथ्य सार्वजनिक भएको छ, त्यसको प्रचारप्रसार गरी नेपालमा वैदिक पर्यटन प्रवर्द्धन गर्न सकिन्छ’, उनले भने ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले ५ वर्षभित्रमा देशको ५० प्रतिशत भूभागमा विषादीरहित जैविक एवं वैदिक कृषि प्रणालीको पुनःस्थापना गर्ने लक्ष्य लिइएको बताए । ‘नैतिक शिक्षाका लागि गुरुकुल पद्धतिको सुधारिएको रुप प्रस्तुत गर्ने, वास्तुसम्मत घर एवम् विद्यालय निर्माणका लागि जागरण अभियान शुरु गरी सबै क्षेत्रमा वैदिक सभ्यता पुनःस्थापनाको थालनी गरिनेछ’, उनले भने ।

अमेरिकाको आहायोमा रहेको महर्षि वैदिक व्यवस्थापन विश्वविद्यालयका कुलपति डा.जोन हेग्लिनले वैदिक शिक्षण पद्धति अमेरिकामा लोकप्रिय बनेको अनुभव सुनाए । धेरै नेपाली र भारतीय भूमिका विद्यार्थी पनि हाल वैदिक ज्ञान लिन त्यहाँ जाने गरेका उनले बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङले पश्चिमा मुलुकमा विकास भएको विज्ञानको जननी नेपाली भूमिमा शुरु भएको वैदिक परम्परा भएको बताए । नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्दले शिक्षामा सुधार नल्याएसम्म सुखी र समृद्ध नेपाल निर्माण गर्न नसकिने भएकाले विकृत बनेको शिक्षा प्रणाली सुधार गर्न सरकारको ध्यान जानुपर्ने बताए ।

महर्षि अभियानका नेपाल हेर्ने निर्देशक राजा किङ्स्ली ब्रुक्सले जनसङ्ख्याको एक प्रतिशतलाई दैनिक दुईपटक ध्यान गराएर नेपाल पुरानो वैदिक परम्परामा फर्काउने अभियानमा साथ दिने प्रतिबद्धता जनाए ।