२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छोरी शिक्षा बीमा प्रदेशभर लागू गरिने

अ+ अ-

धनुषा । मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत प्रदेशका ८ वटा पालिकाबाट शुरु भएको छोरी शिक्षा बीमा कार्यक्रम प्रदेश भरी लागू भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलन आयोजना गरी माघ १ गते देखि नै लागू हुने गरी प्रदेशभर लागू गरिएको घोषणा गरे । प्रदेश सरकारले यस कार्यक्रमअन्तर्गत माघ १ गतेपछि जन्मिएको बालिकालाई रु १ लाख २५ हजारको बीमा गर्ने छन् ।

बीमाको लागि प्रदेश सरकारले प्रभु बैंकसँग सम्झौतासमेत गरी सकेको छ ।

प्रदेश सरकारले नवजात बालिकाको नाममा एक मुष्ट रकम जम्मा गरेपछि २० वर्षपछि बैंकले बालिकालाई एक लाख २५ हजार रकम एकमुष्ट उपलब्ध गराउने छ । तर शिक्षाको लागि रकमको आवश्यकता परे प्रदेश सरकारको सिफारिसमा बीचमा समेत केही रकम झिक्न पाउने व्यवस्था गरिएको छ ।

बीमाको लागि नवजात छोरीको फोटो, आमा वा बुबाको नागरिकता, जन्म दर्ताको प्रमाणपत्र र वडा सिफारिस आवश्यक रहेको छ ।

छोरी बीमा कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले स्वयंसेवकसमेत परिचालन गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । यस कार्यक्रमका लागि संघीय सरकारले रु ५० करोड विशेष अनुदान उपलब्ध गराएको छ ।