शिक्षकको प्रदर्शनमा प्रहरीको हस्तक्षेप « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शिक्षकको प्रदर्शनमा प्रहरीको हस्तक्षेप


प्रशासन संवाददाता

१९ फाल्गुन २०७५, आइतबार


काठमाडौं । स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिको प्रदर्शनमा आज प्रहरीले हस्तक्षेप गरेको छ ।

सडक अवरोध गर्न खोजेपछि सामान्य लाठीचार्ज गरी पानीको फोहराले हटाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

प्रदर्शन गर्दै आज माइतीघरबाट बानेश्वर जाने क्रममा निषेधीत क्षेत्र तोड्न खोजेपछि हस्तक्षप गर्नुपरेको प्रहरीले जनाएको छ ।

सट्टा शिक्षकले सरकारले कामबाट हटाएर बेरोजगार बनाउन खोलेएको भन्दै आन्दोलित भएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरुलाई स्रोत व्यक्तिको रुपमा नरहने र पुरानै स्रोत व्यक्तिलाई पठाउने निर्णग गरेको थियो ।

आन्दोलनरत् सट्टा शिक्षकले यसअघि सरकारलाई विभिन्न विषय समेटेर मागपत्र बुझाएका थिए ।

कतिपय विद्यालयमा स्रोत शिक्षक नआउँदा सट्टा शिक्षकले नै पढाउँदै आएका छन् । आज उनीहरुले माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस