गीतकार डि.आर.के. राईको पहिलो उपन्यास ‘तिलस्मी’ लोकार्पण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गीतकार डि.आर.के. राईको पहिलो उपन्यास ‘तिलस्मी’ लोकार्पण


प्रशासन संवाददाता

१९ फाल्गुन २०७५, आइतबार


काठमाडौं । गीतकार डि.आर.के. राईको पहिलो उपन्यास ‘तिलस्मी’ को शनिबार लोकार्पण गरिएको छ ।

प्रा.डा. सुरेन्द्र के.सी. को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, समालोचक महेश पौडेल, डा. विष्णु राई, डा. विन्दु शर्मा र प्रकाशक पुष्पराज पौडेलद्वारा लोकापर्ण गरिएको छ । प्रा.डा. के.सी. ले नेपाली समाजको वास्तविक चित्रण उपन्यासले गरेको बताए ।

त्यस्तै समालोचक महेश पौडेलले सर्वहाराको कथा एलिटले कल्पना गरेर लठिन थाले पछि साहित्यमा समस्या उत्पन्न भएको बताए । उनले भने, हिजो आज बजारमा बिक्ने प्रेम र यौनका कथामा कुनै नयाँपन पाइँदैन तर पाठकको रुचिको विषय रहन्छ ।

‘तिलस्मी उपन्यास’ यो तथ्यभन्दा पृथक रहेको समालोचक उनले बताए । त्यस्तै डा. विष्णु राई ले पुर्वी समाजको कथावस्तु समेटिएको र सबै वर्ग र क्षेत्रका युवाले र युवाका अभिभावकले पढ्नु पर्ने पुस्तक रहेको बताए ।

डा. बिन्दु शर्माले यस पुस्तक अभिभावकले आफ्ना सन्ततीको लागि पढाउनु पर्ने र आफुले पढेर आफ्ना सन्ततीलाई प्रेरणा दिन सकिने विषय रहेको उनले बताइन् ।

त्यसैगरी यस पुस्तकका लेखक राई ले आफुले धेरै मिहिनेत गरेर लेखेको यो पुस्तक नयाँ पुस्ताको लागि सकारात्मक सोचको विकास हुने कुरा उनले बताए । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३९५/– रहेको छ ।

प्रतिक्रिया दिनुहोस